सिइडिबी हाइड्रोपावरको आइपीओ बाँडफाँट
सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । सो आइपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् ।
बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ । ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा छ । कम्पनीले यस आइपीओबाट प्राप्त गर्ने रकम ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत् आयोजनामा लगाउनेछ । सो आयोजनामा १ अर्ब १४ करोड ९६ लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ । यसमा प्रतिमेगावाट २२ करोड ९९ लाख रुपैयाँ लागत पर्नेछ ।
लगानी फिर्ता हुन ७. ७६ वर्ष लाग्नेछ । केयर रेटिङ नेपालले कम्पनीलाई एनपी बीबी रेटिङ प्रदान गरेको छ । जसले दायित्व वहन गर्न कम्पनी औसत स्तरमा रहेको जनाउँछ ।