अरुण भ्याली हाइड्रोपावरको हकप्रद आवेदन दिने समय थप «

अरुण भ्याली हाइड्रोपावरको हकप्रद आवेदन दिने समय थप

कोरोना भाइरसको कारण विषम परिस्थिति सिर्जना भएको भन्दै अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने समय थप भएको छ । कम्पनी सञ्चालक समितिले हकप्रदमा आवेदन दिने समय थप गर्ने निर्णय गरेको हो ।
कम्पनीले वैशाख ६ गतेदेखि एक कित्ता बराबर ०.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले एक सय रूपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार रूपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । तर, कम्पनीले हकप्रदमा आवेदन दिने समय एक साता थप गर्दै जेठ २ गतेसम्म पु¥याएको छ । यसअघि वैशाख २६ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिनु पर्ने समय ताकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्