Logo

लक्ष्मी बैंकको नयाँ शाखा महोत्तरीमा

लक्ष्मी बैंकले महोत्तरीको सरपल्लो गाउँपालिकामा नयाँ शाखा खोलेको छ । यो बैंकको १ सय २७औं शाखा हो । यो शाखामार्फत बैंकले सबै रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु-याउने लक्ष्य लिएको छ ।
यो शाखासँगै बैंकको सञ्जाल ४८ जिल्लामा पुगेको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका सेवा दिँदै आएको छ ।
इन्टरनेट बैंकिङ र मोवाइल फोन मार्फत बैंकिङ सेवा प्रदान गर्ने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्