दुईतिहाइको ३ वर्षको उपलब्धिः जनताको कम्युनिष्टप्रतिको विश्वास समाप्त «

दुईतिहाइको ३ वर्षको उपलब्धिः जनताको कम्युनिष्टप्रतिको विश्वास समाप्त

नुवाकोट- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले केपी ओली सरकारले पदका लागि मात्रै झगडा गरेर जनताका लागि कुनै योजना ल्याउन नसकेको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित बीपी स्मृति भवन पार्टी उद्घाटन समारोहमा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बीपी कोइरालाको सरकारले १७ महिनामा कति काम गरे इतिहास खोजेर हेर्दा हुन्छ तर कम्युनिष्ट शासनमा केही उपलब्धि हुन सकेन । नेकपाको सत्ताको लुच्छाचुडी कुनै प्रगतीको बिषय होइन,’ यति लामो समयपछि लोकतन्त्र आयो तर यो ३ वर्षसम्मा ओली सरकारले लोकतन्त्र माथि प्रहारमात्र ग¥यो, दुईतिहाइको सरकारले संसद विघटन ग-यो, योभन्दा अघि सूचना प्रविधि विधेयक, मानव अधिकार विधेयक, सुरक्षा विधेयक ल्याएर लोकतन्त्र माथि प्रहार ग-यो, उनको आरोप थियो । यसकारण नेपाली जनताले कम्युनिष्टलाई चिन्न्ने मौका पाए ।’
कार्यक्रममा बोल्दै उनले भने, ‘मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरू नभएको दाबी गरेका छन् । ‘पहिले सुरु भएका योजनाहरू निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि काम एकदमै ढिलो भयो ।
नुवाकोटको विकासको प्रसङ्ग जोड्दै उनले भने, नुवाकोटको विकासमा ओली सरकारको कुनै योगदान नभएको जिकिर गरे । उनले भने, ‘नुवाकोटमा जति विकास भएको छ, त्यो केपी ओली सरकारले सुरु गरेको होइन ।
कांग्रेसले गराएको चुनावमा कम्युनिष्ट नेतृत्वले जित हासिल गरेपनी यो देशका लागि कुनै काम गर्न सकेन, उनको भनाइ थियो । जनताले विश्वास गरेर जिताएका कम्युनिष्टहरूले जनताको विश्वास जित्न सकेनन्, मकै बारी हेर्न बाँदरलाई जिम्मा लगाए जस्तै भयो, उनको भनाइ थियो । उनले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकीरसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ७० महिना लगाएर मर्मत गरिएको सिंहदरबारबाट सरकारको तीन वर्षे कार्यकालमा धेरै राम्रा काम भएकाले आफ्नो सरकार सफल रहेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्