अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण «

अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सरा प्रवद्र्धित अशोक लेलैण्डले भिकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिस हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन सञ्जय सारस्वतर सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमाउक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।
च्यासिस हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रेसिडेन्ट सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउँदै ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धी भएको बताए ।
नेपालमा भिकिङ २२२ मोडलको बजारलाई अझै विकास गर्दै आक्रमक बनाउने बताए । भिकिङ २२२ मोडल रुटहरुमा चल्नेमध्ये सबैभन्दा बढी रुचाइएको उत्पादन भएको कम्पनीको दावी छ । यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेकाले कम इन्धन खपत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्