Logo

रनर मोटरसाइकलको छुट अफर

बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दसैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजारसम्मको छुट दिने भएको छ ।
कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ । साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कुनैपनि पुरानो मोटरसाइकल एक्स्चेन्ज गर्दा ३० हजार न्युनतम मूल्यांकन गर्ने पनि जनएको छ ।
देशैभरी करिब २२ वटा सोरुमबाट ग्राहकले दसैं तिहारअन्तर्गत ५१ हजार रुपैयाँसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा दिने कम्पनीले जनाएको छ । रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्