तेस्रो पटक नाडा अटो एक्स्पो स्थगन

सरकारले आयतमा प्रतिबन्द कायमै राखेपछि नाडा अटो एक्स्पो–२०२२ स्थगित भएको छ । आइतबार बसेको नाडा कार्यसमितिको बैठकले एक्पो हाललाई स्थगत गर्ने निर्णय गरेको जनाएको छ ।
यस वर्षको नाडा अटो एक्पो–२०२२को भदौमा आयोजना गर्ने तयारी गरिएको थियो । अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दसैंका आसपास गरेर एक्स्पो गर्दै आएको थियो । नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो। सन् २०२० पछि नाडा अटो एक्सपो हुन सकेको छैन् । कोभिड–१९ कारण विगतमा २ वर्ष नाडा अटो एक्स्पो हुन सकेको थिएन भने यो वर्ष सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा थप कडाइ गरेर लगाएको प्रतिबन्ध कायमै राखि आगामि भदौं १४ गतेसम्म कायमै राखेपछि नाडाले नाडा अटो एक्स्पो–२०२२ तत्काल लाई स्थगन गर्ने निर्णय गरेको जनाएको छ । सरकारले प्रतिबन्ध सवारी साधनको आयतमा प्रतिबन्ध कायमै राखे पछि तत्काललको लागि कार्यसमितिको निर्णयले एक्पो स्थगन गर्ने निर्णय भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताए ।
उनले भने, “विदेशी मुद्राको सञ्चितिमा तरलताको अभावमा तत्काल सुभार आउँने देखिदैन् सरकारले भदौ १४ सम्म आयतमा प्रतिबन्ध कायम गरेको छ । पर्ख र हेरेको अवस्थामा रहेका छौं ।”
सरकारले विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि आयतमा कडाइ गर्दै आएको छ । नाडाले भने नयाँ आर्थिक वर्षसँगै यसअघि चारपाङ्ग्रे सवारीमा लगाएको प्रतिबन्ध, दुई पाङ्ग्रेमा लगाएको सिसिको सीमा खुल्ने अपेक्षा गरेका थिए । तर, लगातार विदेशी मुद्राको सञ्चितिमा सुधार नहुनु र चुलिँदो ब्यापार घाटाका कारण आयातमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप कडाइ गरेको थियो ।
यस अघि १४ वैशाखदेखि प्रतिबन्धको प्रतिबन्ध कायम राख्दै सरकारले राजपत्रमा सूचना जारी गरी जिप, कार र भ्यानको प्रतिबन्धलाई निरन्तरता दिएको थियो ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चारपाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म आयातमा प्रतिबन्ध कायम गरेको छ ।
यसरी आयोजना हुने एक्सोमा वर्ष भरि बिक्री हुने कुल सवारीको ५० प्रतिशत सम्म ब्यापार हुने गरेको नाडाले जनाएको छ । विगत ३ वर्षदेखि मेला आयोजना हँुदा उपझौक्ताले एकै थलोमा सवारी साधनकोबारेमा जनाकारी प्राप्त गर्न अवसर बन्द भएको र अटोमोबाइल व्यवसायीले करोडौ व्यपार गर्ने अवसर गुमाएको अध्यक्ष थापाको भनाई छ । सन् १९९८ बाट नाडा अटो शो २१ वर्षपछि सन् २०१९मा आइपुग्दा १४ औं संस्करण आयोजना भएको छ ।