सेयर बजार ३६ अंकले घट्यो «

सेयर बजार ३६ अंकले घट्यो

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७७ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार २४ हजार ६ सय ५५ कारोबारबाट दुई अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरका ५७ लाख ११ हजार ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११.९२ प्रतिशत कम हो । गत साता १ सय ७९ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार २३ हजार ७ सय २७ कारोबारबाट दुई अर्ब ९२ करोड ८३ लाख छ हजार रुपैयाँ बराबरका ५७ लाख ९५ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३६.९९ अंकले घटेर अन्तिम दिन १४ सय ७२.१५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.१३ अंकले घटेर ३०९.९४ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (२० करोड ५० लाख ३० हजार रुपैयाँ) को आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ५९ हजार कित्ता) को आधारमा नेपाल ग्रामीण विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१७०७ वटा) को आधारमा नेपाल ग्रामीण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्