Logo

३८ अंकले घटेकाे शेयर बजारमा कारोबार ८ अर्ब माथि

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.१० अंकले घटेर २ हजार ७ सय ८१ विन्दुमा कायम भएको छ । बिहीबार कारोबार रकम बढेर ८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । बुधबार ७ अर्ब ६८ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको हो । बिहीबारको कारोबारमा २४ कम्पनीका मूल्य बढ्दा २२७ को शेयर मूल्य घटेको छ ।

बिहीबार धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट तथा युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घटेको छ । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशत घटेका छन् । निर्जीवन बीमा भने ०.०१ प्रतिशतले बढेको छ ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत्को मूल्य ३.६२, थ्रीस्टार हाइड्रोपावरको ३.४१, एनएलजी इन्स्योरेन्सको ३.१९ र पिपुल्स पावरको मूल्य ३.१७ प्रतिशतले मूल्य बढेको छ । यस्तै ओरियन्टल होटलको मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ । यस्तै लुम्बिनी विकास बैंकको ४.१८, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८७, सिक्लेस हाइड्रोपावरको ३.८० तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.६६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्