लामोसाँघु–जिरी सडक एक सातामै सहज हुने

दोलखा-लामोसाँघु–जिरी सडक एक साता भित्र सहज हुने भएको छ । निर्माण व्यवसायीहरुले १० दिन सडक साना तथा हलुवा सवारी साधन समेत चल्ने गरी सडक बनाउन ३ दिन अघि लिखित प्रतिबद्धता गरे अनुसार खाल्डाखुल्डी पुर्ने कार्य समेत सुरु गरेका छन् । सडक सहज नबनाए कारबाही भोग्न समेत तयार हुने गरी प्रदेश सरकारका मन्त्रीहरुका सामु प्रतिबद्धता गरेका हुन् ।लामोसाँघु–जिरी सडक एक साता भित्र सहज हुने भएको छ ।
निर्माण व्यवसायीहरुले १० दिन सडक साना तथा हलुवा सवारी साधन समेत चल्ने गरी सडक बनाउन ३ दिन अघि लिखित प्रतिबद्धता गरे अनुसार खाल्डाखुल्डी पुर्ने कार्य समेत सुरु गरेका छन् । सडक सहज नबनाए कारबाही भोग्न समेत तयार हुने गरी प्रदेश सरकारका मन्त्रीहरुका सामु प्रतिबद्धता गरेका हुन् ।३ दिन अघि चरिकोटमा ३ नं. प्रदेशका ३ जना मन्त्री सहितको उपस्थितिमा भएको छलफलपछि १० दिनभित्र सडकलाई सहज बनाउँन आयोजना कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको छलफलमा ३ नं. प्रदेश का अर्थ मन्त्री कैलाश ढुंगुल, भौतिक पूर्वाधार मन्त्री केशव स्थापित, उद्योग पर्यटन मन्त्री अरुण नेपालको उपस्थिति थियो ।
३ बुँदे प्रतिबद्धता पत्रमा १० दिन भित्र सडक सहज रुपमा सञ्चालनयोग्य बनाउँने अन्यथा कानुन बमोजिम कारबाही भोग्न बाध्य हुने व्यवसायीहरुले प्रतिबद्धता गरेका छन् ।छलफलमा दोलखाबाट निर्वाचिन संघीय संसदका सांसद पार्वत गुरुङ, पूर्व मन्त्री आनन्द पोखरेल, देवी खड्का, प्रदेश सभा सांसदहरु पशुपति चौलागाई, विशाल खड्का सहित नगरपाकिलका मेयर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरु, लामोसाँघु–जिरी सडक विस्तार आयोजना प्रमुख केदार नेपालको सहभागिता थिए । बैठकमा निर्माणमा ढिलासुस्तीले सडकमा गाडी चल्न नसकेको भन्दै आक्रोस पोखे । यो सडकमा सास्ती हुने भएपछि धेरै जसो सवारी साधन रामेछाप घुमेर काठमाडौं जाने गरेका छन् । सडकको अवस्था नाजुक भएर कतिपय विरामी समयमा अस्पताल पु-याउन नसक्दा ज्यानै समेत गएको छ ।३ महिना अघि यो सडक अलपत्र छाडेको भन्दै प्रहरीले सिन्धुपाल्चोक निर्माण व्यवसायी संघका पूर्ब पूर्व अध्यक्ष धर्मराज(भीमसेन) भण्डारीलाई गरेको थियो । लामोसाँघु–जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माण कार्य सन्तोषजनक नभएको भन्दै तीब्र आलोचना भैरहेका बेला भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर काम गर्ने सर्तमा छाडेको थियो । अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौर देखि चरिकोटसम्मको ५५ किलोमिटर खण्ड २ प्याकेजमा भइरहेको छ । पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष थपिएको म्याद पनि सकिएको लामो समय भएको छ । पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रुपमा ठेक्का पाएका छन् ।
पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएकोमा ६० प्रतिशत भुक्तानी भइसकेको छ । भण्डारी पहिलो प्याकेजका आधिकारिक प्रतिनिधि थिए उनी कालो सूचीमा परेपछि अहिले त्यसका आधिकारिक प्रतिनिधि राजकुमार थापा आएका छन् । भण्डारी सुनौलो खिम्तीका सञ्चालक हुन् भने थापा गौरीपार्वतीका संचालक हुन् । थपिएको म्याद चैतमै सकिए तापनि एक वर्ष यता खासै प्रगति हुन नसक्दा दैनिक हजारौं यात्रुले सास्ती भोग्नु परेको छ । त्यस्तै दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतीय कम्पनी सकिल हैदरसंगको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । सडक विस्तारका लागि ठेकेदारले भत्काएर अलपत्र छाडेपछि हिलाम्मे र खाल्डाखुल्डी भएको हो । विगतममा खाडीचौरदेखि चरिकोटसममको यात्रा बढीमा २ घण्टामा हुनेमा अहिले ५ घण्टाभन्दा बढी लाग्ने गरेको छ ।
यात्रा लम्बिएपछि विगतको सुगम दोलखा अहिले दुर्गम जस्तो भएको छ । सडककको कठिन यात्राका कारण दोलखा आउने पर्यटकहरु घट्दा व्यापार समेत घटेको होटल व्यवसायीहरुको गुनासो छ ।दुवै ठेक्का अन्र्तराष्ट्रिय बोलपत्र अनुसार सम्झौता भएको आयोजना प्रमुख नेपालले जानकारी दिए । दोस्रो प्याकेजको सुरु ठेक्का सम्झौता २०१८ मार्चसम्म हो । ठेकेदारले काम नगर्दा सास्ती भोग्नु परेको आलोचना भएपछि मन्त्रालयसम्म पुगेर छलफल गर्दा दुवै प्याकेजमा असारसम्म १८ किलोमिटर कालोपत्र गर्ने प्रतिबद्धता गरे पनि काम भएन । ५५ किलोमिटर सडक मध्ये सबैभन्दा कठिन पहिलो प्याकेजको १२ किलोदेखि १८ किलो र २१ किलोमा छ । त्यस्तै दोस्रो प्याकेजको हलहले र मकैबारी क्षेत्रमा रहेको छ । दोस्रो प्याकेजका निर्माण व्यवसायी दिपक सापकोटाले केही दिन भित्रै सडकमा साना गाडी चल्न सक्ने बताए । उनले सरकार सहयोगी नभइदिंदा सडकको काममा बाधा पुगेको बताए ।
पाखरमा हिलोमा ट्रक फसेपछि जाममा परेका सवारी र यात्रुहरु ।
दिलबहादुर केसी