Logo

नाडा र वाडाको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठक भदौ १ गते पोखरामा आयोजना ग¥यो । पोखरामा उक्त बैठक आयोजना गर्नुको मुख्य उद्देश्य देशका विभिन्न क्षेत्रमा रहेका अटोमोबाइल व्यवसायीको समस्याको विषयमा जानकारी लिने र समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने थियो ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)सँग अन्तक्रिया कार्यक्रम गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमले स्थानीय स्तरमा बसेर कसरी व्यवसाय सञ्चालन भइरहेको छ । ती व्यवसाय सञ्चालनको दौरान कस्ता समस्या झेल्नु परेको छ । के कस्ता समस्या प्रदेश सरकार र कस्ता समस्या केन्द्रीयतवरबाट समाधान गर्ने भन्ने विषयमा लामो अन्तक्र्रिया भएको थियो ।
वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्तक्र्रिया कार्यक्रमा अधिकांश व्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारी साधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नुपर्ने जस्ता विषयको उठान गरेका थिए ।
प्रदेश सांसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिँदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफूहरू त्यसको विपक्षमा उभिने बताए । उनले विकास निर्माणको काम अगाडि बढिरहेको जानकारी दिँदै व्यवसाय मैत्री वातावरण निर्माणमा आफूहरू लाग्ने जानकारी दिएका थिए ।
नाडा र वाडाबीचको सम्बन्धको विस्ताको विषयमा बोल्दै नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भने, “नाडाले सबै प्रदेशमा रहेर अटोमोबाइल क्षेत्रसँग जोडिएर व्यवसाय गर्ने व्यवसायीको हक र हितमा काम गर्ने हँुदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ ।” संघीय सरकारसँग गर्नुपर्ने कामका लागि नाडाले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रमा बोल्ने अधिकांश वाडाका पदाधिकारीहरूले नाडाको कार्यक्रममा आफूहरूको सक्रिय सहभागिताको अपेक्षा गरेका थिए भने स्थानीय स्तरमा ब्यवसाय विस्तारको लागि पहल गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्