Logo

सुबिसु स्टेसन कलंकीमा

 इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो पाँचौं सेल्स आउटलेट सुबिसु स्टेसन काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले सुबिसु स्टेसनको उद्घाटन गरेका थिए । यस सुबिसु स्टेसनबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिका ग्राहकहरूलाई सुबिसुको सेवासगँ सम्बन्धित सम्पूर्ण जानकारीहरू प्रदान गर्ने, सो सेवाहरूको बिक्री तथा वितरण साथै सेवा पछिको सेवा आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरूबाट प्रदान गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्