अधिकांंश एसियाली सेयर बजार उकालो «

अधिकांंश एसियाली सेयर बजार उकालो

सोमबार अधिकांश एसियाली सेयर बजार उकालो लागेको छ । अमेरिकामा कर्पोरेट कर घटाउने योजनाप्रति लगानीकर्ता आशावादी भएकाले सेयर बजार उकालो लागेको हो ।जापानको निकीमा १.१८ प्रतिशतको वृद्धि भएको छ । टोयोटाको सेयरमा २.५ प्रतिशतको वृद्धि भएको छ भने सोनीको पनि २.१८ प्रतिशत र सफ्टबैंकको सेयर १.२ प्रतिशतले उकालो लागेको छ ।
वार्षिक मापनका आधारमा नोभेम्बरमा जापानको निर्यातमा १६.२ प्रतिशते वृद्धि भएको छ । जापानको निर्यात उकालो लागेको यो लगातार १२ औं महिना हो ।
कोरियाको कोस्पी भने झिनो अवस्थाले दबाबमा परेको छ । यो ०.०४ प्रतिशतले ओरालो लागेर कारोबार भएको छ । स्टिल निर्माताहरूको सेयर ओरालो लागेर कारोबार भएको छ । पोस्को र हुन्डाई स्टिल क्रमशः १.५ र ३.३४ प्रतिशतले ओरालो लागेर कारोबार भएको छ । तर, सामसङ इलेक्ट्रोनिक्सको सेयरमा भने ०.७१ प्रतिशतले वृद्धि भएर कारोबार भएको छ ।
सिड्नीमा एस एन्ड पी-एएसएक्स २०० मा ०.६६ प्रतिशतको वृद्धि भएको छ ।हङकङको हाङसेङ सूचकमा ०.५८ प्रतिशतको वृद्धि भएको छ । यद्यपि मुख्यभूमिको सेयर भने निष्क्रिय अवस्थामा कारोबार भएको छ । सांघाई कम्पोजिटमा ०.१२ प्रतिशतको वृद्धि भएको छ भने सेनझेन कम्पोजिटमा ०.२६ प्रतिशतको गिरावट आएको छ ।लगानीकर्ताको ध्यान सोमबार सार्वजनिक भएको चीनको सम्पत्तिको मूल्यतर्फ गएको छ । अघिल्लो महिनाको तुलनामा नयाँ घरको मूल्यमा नोभेम्बरमा ०.३ प्रतिशतको वृद्धि भएको छ । यो अघिल्लो वर्षको समान महिनाको तुलनामा पनि ५.१ प्रतिशतले बढी हो । अमेरिकी सेयर बजारमा पनि कीर्तिमानी वृद्धि भएको छ । डाउ जोन्समा ०.५८ प्रतिशत अर्थात् १४३.०८ अंकले वृद्धि भई २४६५१.७४ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्