Logo

फर्निचर तथा फर्निसिङ एक्स्पो असोजमा

फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स असोज ४ गतेदेखि हुने भएको छ । यसअघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भएपछि पर सारिएको हो । एक्स्पोमा सहभागी हुनका लागि ९० प्रतिशत स्टल बुकिङ भएको छ ।
एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाडौंमा हुन लागेकाले फर्नेक्सको मिति परिवर्तन गरिएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।
एक्स्पोको टाइटल स्पोन्सर जेमफ्लोरीले गर्ने भएको छ । संघका अनुसार स्वदेशी तथा विदेशी प्रदर्शकहरूले ९० प्रतिशत स्टल बुकिङ गरिसकेका छन् । अब भौतिक तयारीको योजना तीब्र बनाइने एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । एक्स्पोको छैटौं संस्करण फर्नेक्स–२०१८ लाई होमडेकोर विशेष बनाइने आयोजकको भनाइ छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास आयोजकको छ ।

 

प्रतिक्रिया दिनुहोस्