Logo

आजदेखि पोखरामा ‘इक्यान एजुकेसन फेयर’

पोखरा– पर्यटकीय नगरी पोखरामा आजदेखि ‘आठौं इक्यान एजुकेसन फेयर’ हुँदै छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले शनिबारसम्म न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

गण्डकीकै सबैभन्दा ठूलो शैक्षिक मेला लामो समयपछि हुन लागेको हो । यस वर्ष शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट स्वीकृति पाएर इक्यान कास्कीले शैक्षिक मेला आयोजना गरेको हो ।

शैक्षिक मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिलसहितका ६५ स्टल रहने इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्