हवाई टिकट खरिदमा ज्योति विकास बैंकको ५ सय क्यासब्याक अफर

काठमाडौं- ज्योति विकास बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले पाँच सय रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ । दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो ।
बैंकका अनुसार यो योजना अन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा पाँच सय रुपैंयाँसम्मको सर्वाधिक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ”जेविविएल ५००” प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक सुविधाको लाभ उठाउन सकिन्छ । साथै, पहिलो ४०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन् ।
अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिदमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध रहेको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।