Logo

एनओसीको सेयर सर्वसाधारणलाई

नेपाल आयल निगमले सर्वसाधरणलाई सेयर जारी गर्न पनि बाटो खुलेको जनाएको छ । निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार केही प्रक्रियागत विषय टुंग्याउन बाँकी रहे पनि निगमको शुक्रबार बसेको वार्षिक साधारणसभाले दुई आर्थिक वर्षको सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गरेर चुक्ता पुँजी ११ अर्ब पु-याएकोले अब सेयर संरचनामा परिवर्तन गर्न सहयोग पुगेको छ ।
नयाँ सेयर संरचनाअनुसार सरकारको सेयर ९९।४६ प्रतिशत पुगेको छ भने ०।५४ प्रतिशत सेयर नेशनल ट्रेडिङ, राष्ट्रिय बिमा संस्थान, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कायम भएको छ । यसअघि निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँमात्रै थियो । अर्थ मन्त्रालयको संयोजकत्वमा गठन भएको समितिले चुक्ता पुँजी २० अर्ब पु-याउनुपर्ने र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न सुझाव दिएको थियो । साथै रणनीतिक साझेदारलाई १५ प्रतिशत सेयर दिएर ल्याउने र सरकारको सेयर ५५ प्रतिशतमा झार्न पनि समितिले सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्