जुम्लामा च्याउसरी गैसस

जुम्ला-जुम्लामा च्याउ उम्रेजस्तै, गैरसरकारी संस्था छन् । सबैले आफ्नो पोलिसीअनुसार समाज रूपान्तर तथा सशक्तीकरणका काम गरिरहेका छन् । तर तीमध्ये पनि विकास परियोजनाले जुम्लामा उदाहरणीय काम गरेको छ । जुम्लामै पहिलो रोप्वे लाइन, नदीको पानी सोलार लिफ्टबाट सुक्खा डाँडामामा पुराई स्याउखेती तरकारीखेती, बाख्रा वितरण, खोर निर्माण, तरकारी खेतीका लागि पा्रविधिक तथा सैद्धान्तिक ज्ञान दिने गरेको छ ।
विकास परियोजनाले नै जुम्लाका केही बस्ती आत्मनिर्भर भइसकेका छन् भने जन्मभूमिमै तरकारी खेती गरेर लाखौं कमाउने जाँगर तथा सीप दिएको कृर्षक कर्ण हमाल बताउँछन् । किसानका लागि विकास परियोजना, भगवान सरह रहेको उनको भनाइ छ । विकास परियोजनाले, व्यावसायिक कृषिखेती, पूर्वाधार विकास, नागरिक समाज सम्बद्ध संस्थासँग परामर्श तथा कृषि वन पैदावारका क्षेत्रमा काम गर्ने गरेको परियोजना अधिकृत देवदत्त भट्टले बताए । हामीले किसानका आवश्यकतामा आधारित कार्यक्रमलाई जोड दिन्छौं ।
विकास परियोजना संयोजक दशरथ उपाध्यायले भने कृषि पेशाबाटै आत्मनिर्भर समाज बनाउने उद्देश्यअनुसार काम भइरहेको दाबी गरे । तातोपानी गाउँपालिका विकास परियोजनाको समन्वयमा दीर्घकालीन योजना बनाएका हौं । यसको कार्यान्वयन पक्षमा पनि परियोजानले पूर्ण साथ दिने उनको भनाइ छ । बिहीबार तातोपानी गाउँपालिकाले एक कार्यक्रमका बीच दीर्घकालीन आयआर्जन विकास योजना सार्वजनिक गरेको हो । यसलगत्तै जुम्लाका अन्य स्थानीय तह पनि दीर्घकालीन योजना बनाउने तयारीमा जुटेका छन् ।
स्थानीय तह समृद्धिका लागि तातोपानी गाउँपालिकाले जुम्लामै पहिलो पटक दीर्घकालीन आर्यआर्जन विकास योजना सार्वजनिक गरेको छ । कृषि, पशु, वन तथा पर्यटन क्षेत्रको विकासमा मुख्य प्राथमिकता दिँदै, पञ्चवर्षीय आवधिक, दीर्घकालीन आयआर्जन विकास योजना ल्याएको हो । प्रत्यक्ष नागरिकसँग सम्बन्ध राख्ने तथा समानुपातिक विकास र स्थानीय तह समृद्धिको परिकल्पनासहित पञ्चवर्षीय योजना ल्याइएको छ । विकास परियोजनाका आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानी गाउँपालिकाको पञ्चवर्षीय दीर्घकालीन आयआर्जन योजना बनाइएको गाउँपालिकाका कार्यकारी अधिकृत खडानन्द चौलगाईंले बताए ।
उनले भने, “पञ्चवर्षीय योजनाले तातोपानी गाउँपालिकालाई अब पाँच वर्षभित्र मोडल बनाउँछ ।” योजना सार्वजनिकभन्दा कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य, शिक्षा, कृषि, पशु वन, पर्यटन, रोजगार, सीपमूलक कार्यक्रमलगायतका विषय दीर्घकालीन आयआर्जनका योजनामा समेटिएको छ । पाँच वर्षमा योजनाको यथोचित कार्यान्वयन भएमा समृद्ध स्थानीय बन्नेमा दुईमत नरहेको सरोकारवालाको दाबी छ । दूरदराजका स्थानीय सरकारले दीर्घकालीन योजना नल्याए बर्सेनि यहाँको बजेटले समृद्धि सम्भव नरहेको स्थानीय गोकर्ण चौलागार्इंले बताए । कराेडाै लागत लाग्ने योजना महत्वकाँक्षीजस्ता देखिए पनि सही ढंगबाट कार्यान्वयन भएको खण्डमा जुम्लाकै नमुना स्थानीय तह बन्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले दाबी गरे ।
दिगो विकासका लागि दीर्घकालीन योजना आवश्यक छ । उनले भने, “कृषि पशु वन पर्यटनलाई पहिलो लक्ष्य बनाएर अघि बढ्ने, त्यसैबाट समृद्धिको खाका तयार हुने उल्लेख गरे । हामी अरुभन्दा नमुना बन्ने प्रयासमा छाैँ, संघीयताको कार्यान्वयन स्वरुप पनि हामीलाई चुनौतीका बीच समृद्धि ल्याउने उद्देश्यले दीर्घकालीन योजना ल्याएको स्पष्ट पारे ।
पाँच वर्षमा पर्यटकीय गाउँ
कर्णालीकै स्थानीय तहमध्ये पहिलो दीर्घकालीन आयआर्जन योजना सार्वजनिक गरेको तातोपानी गाउँपालिकाले पहिलो संघीयताको पाँच वर्षमा नमुना काम गरेर जाने यहाँका जनप्रतिनिधिको दाबी छ । दीर्घकालीन योजनाको सहायताले समृद्ध वडापालिका तथा गाउँपालिका बनाई छाड्ने दाबी गर्छन् । पर्यटनका थुपै्र सम्भावना रहेको तातोपानी गाउँपालिकालाई जनअपेक्षा अनुसारका विकास गर्न, दीर्घकालीन आयआर्जन योजना एक कोशे ढुंगा सावित हुने जनप्रतिनिधको विश्वास छ । कृषि, पशु, वन तथा पर्यटन प्राथमिकतामा छन् । ३ नम्बर वडाध्यक्ष डिल्ली रावलले भने, “एक घर एक धारादेखि होमस्टेको योजनालाई अघि सारिँदै छ ।” पाँच वर्षको अवधिमा पर्यटकीय नमुना तातोपानी गाउँपालिका बनाइने लक्ष्य छ । पाँच वर्षमा तातोपानीका हरेक गाउँ पर्यटकीय गाउँका रूपमा विकास गरिने छ । होमस्टे सञ्चालन गर्ने, पदमार्ग निमार्ण, एक, गाउँ एक पर्यटन क्षेत्र बनाउने योजना तातोपानीको प्राथमिकतामा छ । जुन गाउँमाा सम्भावना छन् । त्यसैलाई दीर्घकालीन रूपमा विकास गरिने २ नम्बरका वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए । त्यसै अनुसारका नीति कार्यक्रम तथा बजेट ल्याएका छाैँ । पक्कै पनि सफल हुने, गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन् । उनका अनुसार तातोपानीमा पर्यटनको संस्थागत विकासलाई जोड दिइने छ । यस्ता नमुना कामको सबै स्थानीय तहले सिको गर्न आवश्यक छ, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भने, “एक आपसका समृद्धिका खाका साटेर नमुना स्थानीय तथा जिल्ला बनाउन हातेमालो गर्नुपर्नेमा जोड दिए ।
योजनामात्रै सार्वजनिक गर्नु महत्वपूर्ण पक्ष होइन, स्थानीय धनसिंह बुढाले भने, “योजानको व्यावहारिक कार्यान्वयन, आर्थिक समृद्धिका लागि सहकारी क्षेत्रको क्षमता विकासमा जोड दिन सुझाव दिए ।