वाम जितलाई सेयर बजारले स्वागत गरेन

स्थायित्व र समृद्धिको नारा दिएका बाम गठबन्धनले मुलुकका अत्यधिक स्थानमा जित हासिल गर्दा सेयर लगानीकर्ताले भने त्यसलाई पत्याउन सकेनन् । नयाँ संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक खुलेको सेयर कारोबार निरासाजनक रह्यो । निर्वाचनमा वाम गठबन्धनले विजय हसिल गरेपछि आर्थिक नीति कस्तो हुन्छ भन्नेमा सेयर लगानीकर्ता द्विविधामा छन् । विगतदेखि नै वामपन्थी सरकारमाथि पुँजी बजारप्रति नकारात्मक रहने गरेको आरोप लाग्दै आएको छ । स्थायित्व र समृद्धिको नारा दिएका बाम गठबन्धनले मुलुकका अत्यधिक स्थानमा जित हासिल गर्दा सेयर लगानीकर्ताले भने त्यसलाई पत्याउन सकेनन् । नयाँ संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक खुलेको सेयर कारोबार निरासाजनक रह्यो । निर्वाचनमा वाम गठबन्धनले विजय हसिल गरेपछि आर्थिक नीति कस्तो हुन्छ भन्नेमा सेयर लगानीकर्ता द्विविधामा छन् । विगतदेखि नै वामपन्थी सरकारमाथि पुँजी बजारप्रति नकारात्मक रहने गरेको आरोप लाग्दै आएको छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ता मारवाडी समुदायका धेरै छन् । यो समुदायले वामपन्थी बिचारलाई विश्वास नगरेको भन्ने देखिन्छ । चुनावी नतिजामा वामपन्थी गठबन्धन विजय भएसँगै सेयरमा लगानी गर्ने मारवाडी समुदायमा आशंका बढेको र सोही कारण बजार घट्दो क्रममा देखिएको बजारका जानकारहरू बताउँछन् । यद्यपी, वाम सरकारको चुनावी घोषणापत्रमा भने पुँजी बजारलाई प्रत्यक्ष असर पर्ने नीति र कार्यक्रम भने छैनन् । अधिकांश लगानीकर्ता बजार घट्नुको कारणबारे मुख खोल्न चाहेका छैनन् । कतिपयले भने अहिलेको गिरावट चुनावी परिणामसँग कुनै सरोकार नराख्ने बताउँछन् । चुनाजी नतिजाभन्दा पनि बजार आफ्नै गतिमा चलिरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउँछन् । “वाम गठबन्धनले नै यो नतिजा ल्याउँछ भन्नेमा सेयर लगानीकर्ता पहिल्यै जानकार थिए,” पौडेल भन्छन्, “स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर र निर्वाचनको नतिजालाई सेयर लगानीकर्ताले सामान्य रुपमा लिइसकेको हुनाले खासै प्रभाव परेको पनि छैन ।” वामपन्थी सरकारले लिने आर्थिक नीति कस्तो हुन्छ त्यो अनुसार बजार प्रभावित हुने उनले बताए । २ चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहीबारदेखि सुरु भएको हो । चुनावपछि आइतबार खुलेको बजार पहिलो समयमा १९ अंकसम्मले बढे पनि बन्द हुँदासम्म ६ अंकले घटेको हो । मतगणनाअनुसार वाम गठबन्धनले एकपछि अर्को सफलता हात पार्दै गएपछि सेयर लगानीकर्ता सरकारको गठन र आर्थिक नीतिलाई पर्खन थालेका छन् । यसअघि २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनपछि ६ सयभन्दा माथि लागेको सेयर बजार निरन्तर बढेको थियो । त्यो सुधारको गति हालसम्मकै उच्च १८८० को बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको कारोबारले पनि मारवाडी समूुाय निरास भएको देखिने एक धितोपत्र दलालले बताए । “आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर बिक्री गर्ने अधिकांश मारवाडी लगानीकर्ता रहेका छन् भने खरिद गर्ने नयाँ लगानीकर्ता छन्,” ति ब्रोकरले भने, “ठूला लगानीकर्ताले वाम गठबन्धनको सरकार र नीति हेर्न खोजेको देखियो ।” आइतबारको स्ट्याण्डर्ड चार्टर्ड बैंकको कारोबारलाई आधार मान्ने हो भने नाफा बुक गर्ने उपयुक्त समय आएको उनको भनाइ छ । आइतबार नेप्सेमा चार्टर्डको मात्र २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । विगतका निर्वाचनलाइ आधार मान्दा सेयर बजार परिसूचकले नयाँ उचाइ बनाएको छ । तर, बढ्दा जसरी नै घटेको इतिहास छ । नयाँ संविधान कार्यान्वयनको दुवै चरणको लागि भएको निर्वाचनमा वाम गठबन्धन विजयी भएपछि आइतबार सेयर बजार सकारात्मक हुन सकेन । नेप्से परिसूचक घटेसँगै कारोबार रकम बढेको छ । घट्दो बजारमा कारोबार रकम धेरै हुनु भनेको बिक्री गर्ने धेरै छन् भन्ने हो । यसले बजार अझै घट्ने संकेत गर्छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक पनि घटेको हो । नेप्सेमा बैंक, बिमा तथा विकास बैंकहरूको सेयर मूल्य घटेको छ । तर, कारोबार रकम बढेर ८४ करोड ७० लाख रुपैयाँमा पुगेको छ । आइतबार कारोबार बन्द हँुदा नेप्से परिसूचक १५३०.३९ अंकमा झरेको छ ।