Logo

माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजना अगाडि बढ्ने

सरकारले माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । नेपाल विद्युत प्राधिकरणले कम्पनी खडा गरेर आयोजनाको काम अगाडि बढाएको छ । बैठकले भुकम्पबाट क्षतिग्रस्त सडकहरुको स्तरोन्नतिका लागि पनि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले कर्णााली र सुदूरपश्चिमका जिल्लामा खाद्यदान्न ढुवानीका लागि उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्रालउयलाई थप ७ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्