पु्रडेन्सियल इन्स्योरेन्सद्वारा खाद्यान्न, झुल वितरण «

पु्रडेन्सियल इन्स्योरेन्सद्वारा खाद्यान्न, झुल वितरण

 पु्रडेन्सियल इन्स्योरेन्सले आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा तराईका विपन्न परिवारहरूलाई खाद्यान्न तथा झुल वितरण गरेको छ । कम्पनीले आफ्नो १६ औं वार्षिकोत्सवका अवसर पारी पर्सा जिल्लाको बगही–६, कास्कीको पैंटे डाँडा र कैलालीको गोदावरी नपा–२ मा आर्थिक रूपले विपन्न परिवारहरूलाई झुल तथा खाद्यन्न वितरण गरेको हो ।
तराईमा गर्मीयाममा लामखुट्टेको टोकाइबाट मलेरियालगायतका रोगहरूको प्रकोप बढ्ने र खास गरी विपन्न परिवारहरू यस्ता रोगबाट बढी पीडित हुने गरेको महसुस गरी राहत स्वरुप झुल वितरण गरेको कम्पनी सचिव आनन्द खड्काले जानकारी दिए । पु्रडेन्सियल इन्स्योरेन्सले नेपालभर रहेका ४२ वटा शाखा कार्यालयहरूबाट मोटर बिमा, अग्नि बिमा, सामुद्रिक बिमा, स्वास्थ्य बिमा, बाली तथा पशु बिमा तथा लघुबिमाको सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्