आईएमई वल्र्डकप उत्सव सुरु

आईएमई र आईएमई पेले आईएमई वल्र्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१ औं संस्करणअन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सबै यो उत्सवमा सहभागी हुन सक्ने भन्दै आईएमई एवं आईएमई पेका आधिकारिक फेसबुक पेज र आईएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।
जेठ ३१ देखि असार ३१ सम्म सञ्चालन हुने पनि जनाएको छ । सहभागीहरूले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै १,००० (एक हजार) प्वाइन्टसहित प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । पोइन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरूले दरअनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरूको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिनेछ ।
थप आईएमई फ्यान्टासी पोइन्टको संकलनका लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमाअधिक संख्याको प्वाइन्टले विजयी प्राप्त गर्नेछ । अधिक संख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔं बैंकक जाऔं’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिनलामो बैंकक भ्रमणको अवसर प्राप्त गर्नुहुनेछ भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सही उत्तर दिनु हुने चार सेवाग्राही ‘लक्की–ड्र’ मार्फत छनोट हुनुहुनेछ । यसरी छनोटमा पर्नु हुने सेवाग्राहीहरूले दुई सयको आईएमई पे टपअप प्राप्त गर्नु हुनेछ ।