कृषिमा प्याकेजसहितका कार्यक्रम ल्याउन महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले कृषि क्षेत्रको विकासका लागि प्याकेजमा कार्यक्रम ल्याउनुपर्ने बताएको छ । महासंघ आयोजित कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम महासंघका पदाधिकारीले कृषिमा धेरै सम्भावना भएकाले प्याकेजमा कार्यक्रम ल्याउन माग गरेको हो ।
महासंघले कृषि प्रशोधन उद्योगलाई सरकारले स्पष्ट नीति बनाएर प्रोत्साहन गर्नुपर्ने, निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रशोधन उद्योगमा सहुलियत दिइनु पर्ने, सरकारले यसअघि पा“च प्रतिशत ब्याजमा कृषि कर्जा दिने कार्यक्रम ल्याए पनि प्रक्रियागत झन्झट भएको बताएको छ । कृषिमा लक्षित वर्गले लाभ उठाउन नसकेको, नया“ बजेटमा कृषिस“ग सम्बन्धित कर छुटलगायतका कतिपय सुविधाहरू नसमेटिदा यस क्षेत्रमा पर्न जाने समस्यालगायतका धारणाहरू व्यवसायीहरूले राखेका छन् । कार्यक्रमका प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रस“ग जोडिएका करहरूका विषयमा आफूले अर्थमन्त्रीसहित अर्थ मन्त्रालयका पदाधिकारीहरूस“ग बसेर छलफल गर्ने र एउटा टुंगोमा पुग्ने स्पष्ट पार्ने बताएका छन् ।
मन्त्री खनालले कृषि विकासमा देखा परेका नीतिगत समस्या एवं अप्ठ्याराहरूलाई सच्याएर अगाडि बढ्न आफू तयार रहेको बताएका छन् । भूमिसम्बन्धी समस्याका कारण कुनै समय कृषि उत्पादन निर्यात गर्ने देश अहिले आयातमा निर्भर हुनुपरेको तीतो यथार्थता राख्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा अब राज्यले जोड दिने बताए ।
सरकारको लक्ष्य आगामी ५ वर्षमा आयात प्रतिस्थापन गर्ने, कृषिमा भएका समस्याहरू तत्काल पहिचान गरी त्यसको समाधान सरकारले थाल्ने बताउँदै मन्त्री खनालले व्यवसायीहरूले भोग्नु परेका समस्याहरू र त्यसका समाधानका उपायहरूसहित लिखित रूपमा सुझाव पेस गर्नसमेत आग्रह गरेका छन् ।
मन्त्री खनालले जमिनको समस्या नीतिगत हिसाबले एक वर्षभित्र समाधान गर्ने लक्ष्य सरकारको रहेको बताए । महासंघका अध्यक्ष भवानी राणाले आकर्षक प्याकेजसहित सरकारद्वारा कृषिसम्बन्धी कार्यक्रमहरू ल्याइयो भने लगानीको वातावरण बन्ने बताइन् । कृषि प्रधान देश भनिए तापनि यद्यपि परम्परागत खेती प्रणालीमै कृषिको ठूलो अंश आबद्ध रहेकाले यसलाई व्यावसायिक कृषिमा रूपान्तरण नगरेसम्म मुलुक अगाडि बढ्न नसक्ने धारणा अध्यक्ष राणाले राखिन् । सरकारको आगामी बजेटमा कृषि क्षेत्रलाई राम्रोस“ग समेट्न गरेको प्रयासको अध्यक्ष राणाले प्रशंसा गरिन् ।
सो अवसरमा अध्यक्ष राणाले नेपाल सरकारस“गको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्रमार्फत प्रत्येक जिल्लाहरूमा एक गाउ“ एक उत्पादन र एक जिल्ला एक उत्पादन कार्यक्रम सफल रूपमा सञ्चालन गर्दै आइरहेको समेत जानकारी गराइन् । साथै कृषि उद्यम केन्द्रमार्फत अन्य थुप्रै परियोजनाहरू सञ्चालन भइरहेको जानकारी गराउँदै आगामी दिनमा व्यावसायिक कृषि विकासमा सरकारस“गको हातेमालो गर्दै कार्य गर्न इच्छुक रहेको बताइन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कृषि पेसालाई हेर्ने हेराईमै परिवर्तन आवश्यक रहेको बताउँदै सरकारले अब किसान धनी बनाउने लक्ष्यले काम गर्नुपर्ने सुझाव दिए । चिया, कफी, अलैंची, कुखुरापालन लगायतका क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुहु“दै उहा“ले वन जंगलको संरक्षणका अतिरिक्त त्यसका आसपासमा उद्योग व्यवसाय विस्तार गर्ने नीति राज्यले लिनु पर्ने सुझाव दिएका छन् ।