काम कम, अपेक्षा बढी «

काम कम, अपेक्षा बढी

प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार स्थापनाको एक सय दिनमा जनताको इच्छाअनुरुप उपलब्धि हुन नसके पनि संघीयताको जग बसाल्न सफल भएको बताएका छन् ।
सरकारको एक सय दिनका उपलब्धि सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकार मन्त्रिपरिषद्ले गरेको पारित नियमावलीमा कार्य विभाजन नियमावली २०७४, कार्य सम्पादन नियमावली २०७४ र केही सार्वजनिक लिखित प्रमाणीकरण नियमावली २०७४ को निर्णय स्वीकृत भइसकेको बताए ।
त्यसैगरी प्रदेश सरकार मन्त्रिपरिषद् सदस्यको आचारसंहिता २०७४ र प्रदेश श्वेतपत्रको सार्वजनीकरणको काम, कार्यविधीमा हेलो सीएम कार्यविधि २०७५, प्रदेश सञ्चित कोष सञ्चालन कार्यविधि २०७५, प्रदेश राजपत्रको सम्पादन तथा वेबसाइटमा प्रकाशन गर्ने सम्बन्धी कार्यविधि २०७४ पनि सम्पन्न गरेको बताए ।
हाल सहमति प्रदान गर्न स्वीकृत भएका विषयमा आकस्मिक विधेयक २०७५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधाको व्यवस्था सम्बन्धमा विधेयक मस्यौदा तर्जुमा गर्ने सहमति, प्रदेश विनियोजन विधेयक २०७५ तर्जुमाको सैद्धान्तिक सहमति र प्रदेश आर्थिक विधेयक २०७५ गर्ने सहमतीका साथै प्रदेश कर तथा गैरकर लगाउने, उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमा गर्ने सैद्धान्तिक सहमति भएको प्रदेश ७ मन्त्रिपरिषद्का प्रवक्ता प्रकाश शाहले बताए ।
प्रवक्ता शाहका अनुसार प्रदेश आर्थिक कार्यविधि २०७४, विनियोजन विधेयक २०७५ प्रदेश सरकारको आव ०७४÷७५ को नीति तथा कार्यक्रम, स्थानीय तहको कानुन निर्माण गर्ने प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी विधेयक २०७५ र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी विधेयक प्रदेश सभामा स्वीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्