५५ करोडको लगानीमा तयार भयो सेन्टर प्लाज होटल «

५५ करोडको लगानीमा तयार भयो सेन्टर प्लाज होटल

पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा रहेको होटल सेन्टर प्लाजा पूर्णरूपमा सञ्चालनमा आएको छ । ५५ करोड रुपैयाँ लगानीमा निर्मित होटल सेन्टर प्लाजामा ८० कोठाको सुवीधा छ भने २२ कठ्ठा क्षेत्रफल छ ।
नौ वर्षअघि बाँकेको कोहलपुरमा ५ करोड रुपैयाँको लगानीमा होटल व्यवसाय थालेको होटल सेन्टर प्लाजा प्रालिले कोहलपुरकै मदनचोक नजिकै अर्को पाँचतारे स्तरको होटल सेन्टर प्लाजानिर्माण गरेको हो ।
निर्माण सुरु भएको २५ महिनामा आंशिक सञ्चालनमा रहेको होटेल सेन्टर प्लाजाले यही वैशाख २५ गतेबाट पूर्णरूपमा ८० कोठा, स्वीमिङ पुल, जिम स्पा, वार,रेस्टुराँ, कन्फ्रेन्स र बेन्कुइटका सुबिधासहित पूर्णरूपमा सञ्चालनमा आएको छ ।
सबै कोठा, रेस्टुराँ, कन्फ्रेन्स हलमा उत्तिकै हावा र उज्यालो होस् भनेर होटलको भवन अक्टागनल डिजाइन अर्थात् अष्टकोण शैलीमा बनाइएको छ । अक्टागनल शैलीमा बनेका होटलका भवनहरू नेपालमै बिरलै मात्र पाइन्छ । सीपमा चढेको महसुस हुने किसिमको क्रुजबार पनि होटलको अर्को विशेषता हो भएको होटलक प्रबन्ध निर्देशक देवानन्द अर्यालले बताए ।
अपांगमैत्री पनि रहेको यो होटलले स्थल तथा हवाई मार्ग हुँदै पश्चिमका विभिन्न ठाउँहरूमा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा–सुविधा दिने प्रबन्ध निर्देशक अर्यालले बताए । होटलमा ३२ सय स्क्वयार फिटको स्वीमिङ पुल, दुइटा बार, चारवटा सेमिनार हल र एकवटा ब्यांकेट हल छ ।
होटलमा स्वीट र डिलक्स गरी ८० वटा रुम छन् पे्रसिडेन्सियल स्वीट रुमको १८० डलर, एक्जिक्युटिभ स्वीट रुमको १२० डलर, जनरल स्वीट रुमको ९० डलर तथा सिंगल डिलक्स रुमको ५५ डल र ट्वीन डिलक्स रुमको ६५ डलर दर राखिएको छ र हालका लागि आन्तरिक पर्यटकको लागि विशेष सहुलियतको योजना गरेकाले जसमा खाना र कोठाका लागि भारी छुट राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्