Logo

नेपाली खाना प्रवद्र्धनका लागि कलेज सेफ आईकन प्रतियोगिता

विश्मै अनुपम रहेको नेपाली खानालाई राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमा नेपालमा पहिलो पटक कलेज सेफ आईकन, नेपाल २०१८ को आयोजना गरिने भएको छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँगको सहकार्यमा झस्नेहा ट्राभल्स मिडिया र नेपाल युनिक ट्यालेण्टको संयुक्त आयोजनामा सो कलेज सेफ आईकन, नेपाल २०१८ आयोजना गर्न लागेको हो । विशेषगरी नेपाली सेफहरूले नेपालमा तथा विदेशमा अन्तराष्ट्रियस्तरको प्रस्तुति कसरी गर्ने र नेपालीे खानाको प्रस्तुति प्रविधि कसरी गर्ने भन्ने सन्दर्भमा अलमलिनु पर्ने अवस्थालाई सहयोग गर्न यो कार्यक्रम गर्न लागिएको हो । नेपालमा बिएचएम÷डिएचएम अध्ययनरत विद्यार्थीबीच नेपाली खाना तथा विदेशी खाना बनाउने प्रतियोगिता गर्न लागिएको हो । यस प्रतियोगिताको अडिसन जेठ १५ गतेबाट सुरु भई राष्ट्रिय प्रसारण, नेपाल टेलिभिजनबाट जेठ १९ गतेदेखि कार्यक्रम प्रसारण सुरु हुनेछ ।
नेपाल टेलिभिजनमा प्रत्येक साता शनिबार दिउँसो ३ बजेदेखि प्रसारण हुनेछ । कुल ७ भाग ईपिसोडको यस कार्यक्रमअन्तर्गत २ ईपिसोड अडिसन राउण्ड, १ ईपिसोड फाईनल राउण्ड र बीचका अन्य राउण्डहरु समेटिने छन् । कार्यक्रम विनोद ओझाको निर्देशनमा निर्माण हुनेछन् । प्रतियोगिता अन्तर्गत समावेश रहने खानाका विधामा, नेपाली हेरिटेज खाना, आदिवासीखाना, कन्टिनेन्टल तथा इटालियन खाना, इन्डियन खाना, चाईनिज खाना रहने छन् । यस प्रतियोगितामा कुल ७ जना स्थापित नेपाली सेफ निर्णायक मण्डलमा रहने छन् । प्रतियोगताका बिजेता प्रथम, द्धितीय र तृतीयलाई क्रमस ५०, ३० र १५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्