निगमले मेघौली र सुकेटार उडान गर्ने

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसिर १३ गतेबाट नियमित उडान सुरु गर्ने भएको छ । मेघौली उडान साताका तीन दिन सोमबार, बुधबार र शनिबार अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने निगमले जनाएको छ ।
४० मिनेटको उडानपछि विमान मेघौली पुग्नेछ । हाललाई मेघौलीका लागि एकतर्फी भाडा ३ हजार १ सय ६५ निर्धारण गरिएको छ । यसै गरी ताप्लेजुङको सुकेटारमा पनि निगमले मंसिर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।
सुकेटारका लागि साताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौंबाट उडान गरिनेछ । सुकेटारका लागि एकतर्फी भाडा ५ हजार ४ सय ५ निर्धारण गरिएको छ ।