जलविद्युत् लगानीका लागि नेपाल सबैभन्दा कमजोर «

जलविद्युत् लगानीका लागि नेपाल सबैभन्दा कमजोर

जलविद्युत् क्षेत्रमा लगानी जोखिम निर्धारणका विभिन्न सूचकांकको आधारमा विश्लेषण गर्दा दक्षिण एसियामा नेपालको अवस्था सबैभन्दा कमजोर देखिएको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ (इनर्जी–सारी-ई)ले दक्षिण एसियाको विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनले नेपालको अवस्था दक्षिण एसियाभित्र सबैभन्दा कमजोर देखाएको छ । जलविद्युत् क्षेत्रमा लगानी जोखिम निर्धारणका विभिन्न सूचकांकको आधारमा विश्लेषण गर्दा दक्षिण एसियामा नेपालको अवस्था सबैभन्दा कमजोर देखिएको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ (इनर्जी–सारी-ई)ले दक्षिण एसियाको विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनले नेपालको अवस्था दक्षिण एसियाभित्र सबैभन्दा कमजोर देखाएको छ । कमजोर लगानी जोखिम निर्धारणमा नेपाल देखिएको छ । लगानी जोखिम निर्धारणअन्तर्गत लगानी प्रबद्र्धन र सुरक्षाको आधारमा गरिएको विश्लेषणमा छ ।  सूचकांकमध्ये तीन सूचकांकमा नेपालको अवस्था कमजोर र एकमा अति कमजोर देखाइएको छ ।  दक्षिण एसियाका नेपालसहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, भुटान र माल्दिभ्समा एफडीआई सहजीकरण, सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्गचित्र, कर र प्रोत्साहन, नीति र नियमन, कानुन र विवाद समाधान र स्थानीय अनुमोनका आधारमा लगानी जोखिम निर्धारण गरिएको छ । प्रतिवेदनमा उल्लेख यी ६ मध्ये कुनै सूचकांकमा नेपालो सबैभन्दा बलियो छैन । प्रतिवेदनअनुसार लगानी प्रवद्र्धनतर्फको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहजीकरणमा बलियो तथा लगानी सुरक्षातर्फको नीति र नियामकतर्फ मध्यम खालको सूचकांक देखाएको छ । बाँकी सबै सूचकांक कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । लगानी प्रवद्र्धनतर्फ पीपीपी  मार्गचित्रमा नेपाल सबैभन्दा कमजोर देखिएको छ भने कर र प्रोत्साहनतर्फ कमजोर देखिएको छ । त्यसैगरी लगानी सुरक्षातर्फ कानुन र विवाद समाधान तथा स्थानीय अनुमोदनतर्फ भने कमजोर अवस्था देखिएको छ । कमजोर देखिएको अफगानिस्तान चार सूचकांकमा कमजोर देखिए पनि नेपालभन्दा वैदेशिक लगानीमा कमजोर देखिएपनि पीपीपी मार्गचित्रमा अगाडि छ । त्यसैगरी अर्को कमजोर देखिएको माल्दिभ्सको पीपीपी मार्गचित्रमा नेपालभन्दा अगाडि छ । दक्षिण एसियाभित्र लगानी जोखिम निर्धारणको दृष्टिकोणले भारत सबैभन्दा बलियो देखिएको छ । पीपीपी मार्गचित्रमा सबैभन्दा बलियो देखिएको भारत स्थानीय अनुमोदनमा कमजोर भएपनि अन्य सूचकांकमा बलियो छ । वंगलादेश र पाकिस्तान सूचकांकमा सबै मध्यमभन्दा माथि तथा श्रीलंका पीपीपी मार्गचित्रभन्दा अरु सूचकांकमा मध्यमभन्दा माथि रहेको प्रतिवेदनले देखाएको छ । दक्षिण एसियामा ३ सय ५० गिगावाट विद्युत् जलविद्युत् क्षमतामात्र रहेको उल्लेख गर्दै प्रतिवेदनले अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना उच्च भएपनि हालसम्म २ हजार ३ सय मेगावाट मात्र हुँदै आएको उल्लेख छ । हाल भारतबाट नेपाल र वंगलादेश तथा भुटानबाट भारतले मात्र विद्युत् व्यापार गरिरहेको उल्लेख गर्दै प्रतिवेदनमा सार्कभित्र द्विपक्षीय र बहुपक्षीय व्यापारको आवश्यकता औंल्याइएको छ । प्रतिवेदनमा सार्क राष्ट्रभित्र व्यापार प्रवद्र्धनका लागि द्विपक्षीय तथा वहुपक्षीय सम्झौता, प्रतिस्पर्धात्मक बजार मूल्य, व्यापारिक व्यवस्थापन, लगानी व्यवस्थापन, विवाद समाधान तथा समन्वयात्मक योजना र कार्यान्वयनमा जोड दिइएको छ ।प्रतिवेदनले सार्कभित्र राजनीतिक, नीति र नियमन, आयोजना विकास र व्यापारिक जोखिमता रहेको उल्लेख गर्दै सार्कभित्र वैदेशिक लगानी (एफडीआई)मा जोड दिएको छ । यसका लागि ६ सूचकांकहरूमा सुधार गर्नुपर्ने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा बढी योगदान ऊर्जा क्षेत्रबाट दिने गरी नीति तथा कार्यक्रम अघि बढाइने बताइरहेको बेला प्रतिवेदनले कमजोर सूचकांकहरू उल्लेख गरेकोले यसलाई सुधार गर्नुपर्ने देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्