Logo

एनआरएनए सिद्धार्थनगरसँग सहकार्य गर्न तयार

गैरआवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए) का अध्यक्ष भवन भट्टले एनआरएनए सिद्धार्थनगरसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । २५६२ औं बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका अध्यक्ष भट्टले सोमबार सिद्धार्थनगर (भैरहवा)मा नगरप्रमुख हरिप्रसाद अधिकारीसँग छलफल गरी बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरको विकासलगायतका कार्यमा सहकार्य गरी अघि बढन इच्छुक भएको बताउँदै के कसरी सहयोग गर्न सकिन्छ, त्यसमा आफूहरू तयार रहेको बताए । उनले गत वर्ष यसै जिल्लाबाट एनआरएनएले अतिथिदेवो भव कार्यक्रमअन्तर्गत नमस्ते अभियान सुरु गरेको भन्दै पर्यटनलगायतका क्षेत्रमा लगानीका विषयलाई लिएर गैरआवाशीय नेपालीहरूले यो क्षेत्रलाई महत्वका साथ हेरेको बताए ।
अहिले एनआरएनएले पोखरा, भरतपुर, तुलसीपुर, धनगढी, सुर्खेतलाई स्मार्टसिटीका रूपमा अघि बढाउन विभिन्न कार्य गर्दै आएकोमा सिद्धार्थनगरसँग पनि स्मार्टसिटीका विषयमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आफू अध्यक्ष रहेको कम्पनी बीबी एअर आप्mनो नाममा नभई भगवान बुद्ध एअरको नाममा रहेको भन्दै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण कार्य सम्पन्न भएपछि यहाँबाट बौद्ध मुलुकमा उडानका लागि योजना बनाइरहेको बताए ।
सो क्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आफूहरू एनआरएनएसँग सहकार्य गरी यस क्षेत्रको पर्यटन, कृषि,उद्योग, शिक्षा, स्वास्थयलगायतका क्षेत्रमा काम गर्न इच्छुक रहेको जनाए । हामीहरू एनआरएनएसँग मिलेर काम गर्न इच्छुक छौं, सबैभन्दा पहिला हाम्रा यहाँका स्थानीय उत्पादन (कम्तीमा एकवटा भए पनि)को अन्तर्राष्ट्रिय बजारमा बजारीकरणका लागि योजना बनाउन र सिद्धार्थनगरमा सबैभन्दा अग्लो ठूलो बुद्ध मूर्ति स्थापनाका लागि सहयोग र सहकार्यका लागि एनआरएनए अध्यक्षलाई आग्रह गरे । हामी बेलहियामा बुद्धत्व झल्कने विशाल प्रवेशद्वार निर्माण गर्दैछौं र प्रथम चरणमा बेलहियाबाट बुद्धचोकसम्म कम्तीमा सय मिटरको फरकमा दुवैतर्फ फर्केको अवस्थाको बुद्ध मूर्ति मार्गमा राख्ने योजना रहेको र यस्का लागि दाताको खोजी भएको जानकारी दिए ।
सिद्धार्र्थ होटल एसोसिएसन सानद्वारा राखिएको छलफल कार्यक्रममा सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले लुम्बिनी–भैरहवा क्षेत्रको पर्यटन उद्योगमा लगानी गर्न एनआरएनए अध्यक्षलाई आग्रह गरे । धेरै सम्भावना रहेको यस क्षेत्रमा तपाईं एनआरएनए साथीहरू लगानीका लागि आउनुहोस्, सबै मिलेर यस क्षेत्रबाट समृद्धिको खाका कोर्न सकिन्छ, श्रेष्ठले भने । टीबीआई ग्रुपका अध्यक्षसमेत रहेका भट्टलाई गु्रपमार्फत यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहकार्य गरी अघि बढ्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्