Logo

महिन्द्रा टुह्वीलरको टुएस भक्तपुरमा

नेपालका लागि महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क भक्तपुरको जगातिमा विस्तार गरेको छ । विकास मोटरसाइकल वर्कसप रूपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरमार्फत भक्तपुर आसपासका सम्पूर्ण ग्राहकले सरल तथा हसज रूपमा सुविधा लिन सक्ने छन् । साथै सम्पूर्ण महिन्द्रा टु ह्वीलर स्कुटर तथा मोटरसाइकलको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रूपमा उपलब्ध हुनेछ ।
कम्पनी सवारी बिक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्को सर्वसुलभतातर्फ पनि विशेष ध्यान दिएको जनाएको छ । नयाँ आधिकारिक टुएस नेटवर्कको स्थापनासँगै चाहिएका बेला सर्वसुलभ तरिकाबाट सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयर पार्टस्हरू उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य छ । साथै, सर्भिस सेन्टरको स्थापनासँगै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझबलियो बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्