अल्लोको कपडाबाट आम्दानी «

अल्लोको कपडाबाट आम्दानी

 जिल्लाको कालिका गाउँपालिका–३ भर्ताका १८ जना महिलाहरूले अल्लोको कपडा बुनेर मासिक ३५ हजारसम्म रुपैयाँ कमाउने गरेका छन् । गाउँ नै खेर गइरहेको अल्लोलाई प्रशोधन गरेर मासिक ३५ हजारसम्म कमाउने गरेका हुन् ।
अल्लोबाट बिभिन्न प्रकार कपडा बुनेर गाउँमा नै राजगारीको सिर्जना भएको र त्यसबाट राम्रो कमाईसमेत महिलाहरू गर्ने गरेका छन् ।
जंगलमा त्यत्तिकै खेर जाने गरेको अल्लोलाई प्रशोधन गरेर समूहमा काम गर्ने गरेको र समूहमा १८ जना महिला रहेको मासिक रूपमा एक जना महिला ३५ हजार रुपैयाँसम्म कमाउने गरेको समूह अध्यक्ष पानसरा रोक्का मगरले बताइन् । “हामीले अल्लो प्रसोधनका लागि समूह बनाएका छौं । समूहमा काम गर्ने गरेका छौं ।” उनले भनिन्, “समूहमा काम गर्ने एक जना महिलाले मासिक ३५ हजारसम्म कमाई हुने गरेका छ ।”
महिलाहरूले अल्लो प्रशोधन गरेर कोट, प्वाइन्ट, दौरा, सुरुवाल, टोपी र ज्याकेट लगायतका सामान बनाउने गरेको गरेको अध्यक्ष रोक्का मगरले बताइन् । “अल्लोका बिभिन्न प्रकार कपडा बनाउने गरेका छौं,” उनले भनिन्, “खेर जाने वस्तुबाट पनि पैसा कमाउन सकिदो रहेछ ।”
अल्लो कपडाको माग जिल्लामा नै अत्याधिक भएका कारणले जिल्ला बाहिर बजारीकरण गर्न नसकेको समूह सदस्य रामपुरा मगरले बताइन् । “जिल्लामा नै अल्लोको कपडाको उच्च माग छ ।” उनले भनिन्, “जिल्ला बाहिर अहिले पठाउन सकिएको छैन ।”
अल्लो कपडा मूल्य गाउँमा नै मिटरको ७ सय ५० रुपैयाँ पर्ने गरेको व्यापारीहरूले बजारमा मिटरको ३५ सय रुपैयाँसम्म बेच्ने गरेको स्थानीय भक्तबहादुर रोक्का मगरले बताए । “प्रशोधन केन्द्रले मिटरको ७ सय ५० रुपैयाँसम्म बेच्ने गरेको छ ।” उनले भने, “बजारमा व्यापारीले ३५ सय रुपैयाँसम्म अल्लो कपडा बेच्ने गरेका छन् ।”
महिलाहरूले बिगतमा के गर्ने के गर्ने भन्ने अवस्थामा रहेको अहिले समूह बनाएर अल्लो प्रसोधन केन्द्र खोल्दा रोजगारी र आम्दानी दुवै हुन थालेको समूह अध्यक्ष रोक्का मगरले बताइन् ।

 –रमेश रावल

 

प्रतिक्रिया दिनुहोस्