Logo

नुवाकोटमा ८० % धान रोपाइँ सम्पन्न

नुवाकोटमा ८० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटको अनुसार जिल्लामा औसत रुपमा ८० प्रतिशत धान रोपाइँ सकिएको हो । आकासे पानीको भरमा रोपाइँ गर्नु पर्ने स्थानमा समेत निरन्तर वर्षा भएकाले धान रोपाइँ गर्न किसानलाई सहज बन्दै गइरहेको छ ।
जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा समेत रोपाइँ अन्तिम चरणमा पुगिसकेको कृषि ज्ञान केन्द्र नुवाकोटकी कृषि प्रसार अधिकृत रुकमिणी अधिकारीले बताइन् । उनका अनुसार जिल्ल्लामा रैथाने जातको भन्दा उन्नत जातको धानको बिउ रोप्ने प्रचलन बढ्दै गइरहेको छ ।
म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका लगायत स्थानीय तहको माथिल्लो भेगमा रैथाने धानको खेती गर्ने प्रचलन कायमै रहेपनि अन्य स्थानका किसानले उन्नत जातको हाइव्रिड धान रोप्ने गरेको कृषि प्रसार अधिकृत अधिकारीले बताइन् । मकै नपाकेर धान रोपाइँ गर्न नपाएको जमिन प्रशस्त रहेकोले साउनको तेश्रो सातासम्म रोपाइँ गर्ने क्रम जारी रहन सक्ने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्