Logo

‘जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्य

कोरोनाको संक्रमण समुदायमा फैलन नदिन जगदम्बा मोटर्स र लायन्स क्लबअफ काठमाडौं समर्पणले निःशुल्क मास्क वितरण गरेको छ । संसारभर महामारी नियन्त्रणमा लागि विभिन्न सुरक्षात्मक उपायहरु अपनाइरहेको अहिलेको परिप्रेक्ष्यमा कामको शिलसिलामा घरबाट बाहिर निस्कने मानिसको लागि सरकारले नै मास्क अनिर्वाय गरेको छ ।
सरकारको निर्णयमा सहयोग पु-याउन ‘जगदम्बा मोटर्स र लायन्स क्लबअफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण गरिएको छ । हाल देशमा लकडाउन खुकुलो बनाउँदै लगिएको छ ।
सरकारले लकडाउन खुकुलो पार्दै लगेसँगै मानिसहरुको आवतजावत पनि दिनानुदिन वृद्धि हुँदै गएको परिप्रक्ष्यमा मानिसहरुको धेरै चहलपहल हुने स्थानहरु मध्येको कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, बसन्तपुर, कलंकी, पाटन दरबारक्षेत्रहरुमा जगदम्बा मोटर्स प्रा.लि.र लायन्स क्लब अफ काठमाडौं समर्पणको सहकार्यमा निःशुल्क मास्क वितरण गर्ने सप्ताह व्यापी अभियान सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्