Logo

रोजगारी गुमाएकालाई पुनःस्थापना जरुरी

नेपालीहरुको अन्तरास्ट्रीय थिङ्कटेंक नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) )ले माइग्रेसन ल्याबसँगको सहकार्यमा कोभिड १९ का कारण वैदेशिक रोजगारीमा रहेका श्रमिकमा परेको असरबारे अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ । एनपीआईले प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ महामारीको कारण आर्थिक गतिरोधको दोहोरो चुनौतिमा ठूलो संख्यामा वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको उद्धार, घरफिर्ति साथै पुनस्र्थापना गर्नुपर्ने गम्भीर चुनौतीको सामना गर्नु परिरहेको जनाएको छ । मुख्यतः खाडी समन्वय परिषद्का देशहरू, मलेसिया र भारतलगायत देशमा असुरक्षित प्रकृतिको काम र एकदमै न्यून स्तरको जीवनयापनको कारणले नेपाली श्रमिकहरूले माहामारीको असरमा परेको जनाइएको छ । स्वदेश फिर्ती र पुनर्गमन आप्रवासले श्रमिकहरूको सामाजिक र आर्थिक पुनःएकीकरणलाई मुख्य केन्द«मा राख्नु पर्ने अवस्था आइपरेको सुझाव दिइएको छ ।
प्रतिवेदन मुख्य ८ वटा प्राथमिक गन्तव्यका खाडी समन्वय परिषद्का देशहरू, मलेसिया र भारतका ६२५ आप्रवासी श्रमिकका विचारहरूलाई प्रस्तुत गरिएको छ । यस अध्ययनमा श्रमिकहरूको स्वदेश फिर्ताप्रतिको विचार र फर्किसके पछिको योजनाहरू बनाउन गरिएको प्रयासहरू अपर्याप्त रहेको देखिएको छ । अध्ययनमा आप्रवासी श्रमिकले नेपाल फर्किने सोच बनाएको देखिए पनि उनीहरूको रोजगारीको प्रत्याभूति र नेपालमा संक्रमणको बढ्दो अवस्थाका कारण धेरै श्रमिकहरू स्वदेश फर्कने कि नफर्कने भन्ने बारेमा द्विविधा रहेको जनाईएको छ ।
यसैगरी नेपाल फर्कदा पनि जटिल प्रक्रिया, महङ्गो हवाई–भाडा खर्च, दुई हप्ते गुणस्तरहिन क्वारेनटाइनमा बस्नुपर्ने तथा थप खर्च गर्नु पर्ने अवस्था आएको जनाईएको छ । अध्ययन गरिएका मध्ये ५८५ कार्यस्थलको कारण संक्रमित हुन सक्ने बारे भयभित छन भने १७५ ले उनिहरूको व्यक्तिगत जिवनशैलीका कारण संक्रमित हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्