लचिलो बन्दै यातायात व्यवसायी «

लचिलो बन्दै यातायात व्यवसायी

बारा-सरकारले अनुमति दिएसँगै साना तथा केही कम्पनीका सार्वजनिक सवारीसाधान चलन थालेपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले राखेको अडानप्रति लचिलो हुन थालको छ । तीनपागें्र, साना, मझौला सवारी र फाटफुट निजी कम्पनीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सवारीसाधन सञ्चालन गर्न थालेपछि महासंघलाई दवाव परेको हो ।
निजी कम्पनी, साना, मझौला सवारीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सार्वजनिक यातायात सुचारु गरेसँगै व्यवसायीहरु वार्ता गर्न तयार भएका हुन् । बिहीबार यातायात व्यवस्था विभागमा विभागका प्रमुख, महासंघका प्रतिनिधि, यातायात मजदुर संघ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, काठमाडौ–ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल गरेर श्रमिक र यात्रुको स्वास्थ्य मापदण्ड पूरा गर्ने विषयमा छलफल भएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बिहीबार यात्रु मजदुरको स्वास्थ्य सुरक्षामा स्थानीय तह, स्वास्थ्य मन्त्रालय, र टाफिक प्रहरीको भूमिकाका विषयमा छलफल सुरु भएको बताए । उनले चाँडै नै विस्तारै कार्यविधि बनाई सार्वजनिक यातायात चल्दै जाने जानकारी दिए ।
गाडीमा खिया लाग्यो, मजदुर भोको भए, भन्ने दवाव पछि सरकारले मापदण्डसहित ५० प्रतिशत थप गरी भाडा समेत लिन पाउने गरी सञ्चालन अनुमति दिए पनि सार्वजनिक यातायातले गति नपाउने देखेपछि फेरि ५ बुँदे अडान राखेर सवारी साधन नचलाउन मातहतलाई निर्देशन दिएको थियो ।
यातायात व्यवासायीहरुको संगठनले बैंक किस्ता स्थगन, ब्याज मिनाहा, पुनर्कर्जाको व्यवस्था, स्वास्थ्य सामग्रीको व्यवस्था, मुख्य बसपार्क र नाकामा निर्मलीकरण टनेल, यात्रुलाई मास्क पञ्जालगायतको व्यवस्था, कर्मचारीको तलब भत्ता तथा इन्धन खर्च, रुट इजाजत जाँचपास, सवारी करमा छुट, चालक अनुमतिपत्र तथा बिमा नवीकरण लगायतमा हुने खर्चहरुको सुनिश्चितता हुनुपर्ने माग राखेर यातायातका साधन चलाएका छैनन् ।
यसअघि सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पंतिको सिटमा एक जना, यात्रुहरुले मास्क अनिवार्य, यात्रुलाई स्यानिटाइजर, ५० प्रतिशत भाडामा थप लिन पाउने गरी जिल्ला भित्र सञ्चालन गर्ने अनुमति दिए लगतै निजी लगायतका साना सवारी देशैभर सञ्चालनमा आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्