Logo

वालिङका सात घरपरिवार सुरक्षित स्थानमा स्थानान्तरण

स्याङ्जाको वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले बाढी–पहिरोको उच्च जोखिममा रहेका वालिङ नगरपालिका–८ को दमाईडाँडाका ७ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताएका छन् ।
दलित समुदायको बस्ती रहेको उक्त गाउँका ७ घरपरिवारलाई नजिकैको अमिलाथुम आधारभूत विद्यालयको भवनमा सारिएको छ । तत्काल मानवीय क्षति नहोस् भन्नका लागि नजिकैको विद्यालयमा सारेका हौं यो दीर्घकालीन नभई अस्थायी भएको नगर प्रमुख खाँणले जानकारी दिए ।
वर्षायाममा बाढी पहिरोको उच्च जोखिम हुन सक्ने संभावित गाउँलाई पूर्व सावधानी स्वरुप विद्यालयमा स्थानान्तरण गरिएको र वर्षायाम हटेसँगै उनीहरूलाई दीर्घकालीन रूपमा बसोबासको व्यवस्थापन मिलाउनका लागि जग्गाको खोजी कार्य भइरहेको नगर प्रमुख खाँणले बताए ।
त्यस्तै वालिङ नगरपालिकाको वडा नं. १३ को कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरूलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भईरहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

 

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्