Logo

फूल पनि बिक्री भएन

दाङ-घोराही उप महानगरपालिका वडा नं १४ झिगौरामा अहिले बारीमा ढकमक हजारी फुलेका छन् । अहिले त्यहा पुग्ने जो कोहीको पनि मन लोभिने गरेको छ । यसरी अरुको मन लोभिए पनि खेती कृषकको मन भने खुसी हुन सकेको छैन । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको कारण हजारीको फूल बिक्री हुन सकेको छैन । जलजला पुष्प खेती फर्म दर्ता गरेर लोकेन्द्र रोका मंगरले व्यवसायिक फूल खेती गदै आएका छन् । उनले करिव ६ वर्ष अघिदेखि व्यवसायिक रुपमा पुष्प खेती गदै आएको बताए ।
अहिले करिब २ कठामा उन्नत जातको हजारीको फूल तयारी भएको छ । त्यस्तै रोप्नका लागि बिउवा समेत तयार भएका छन् । तर फूलेका हजारीका फूल बिक्री भने नभएको रोकाको भनाइ रहेको छ । भने केही दिन अघि करिव डेढ कठ्ठामा लगाएको हजारीको फूल खेर गएको उनको भनाइ रहेको छ । “यस वर्षको बैमौसमा गरिएको फूल खेती बिक्री भएको छैन” रोकाले भने । यस सिजनमा मात्र करिव डेढ लाख रुपैयाँ घाटा लागेको उनले बताए ।
अघिल्ला वर्षहरुमा जिल्लामा हुने साना तथा ठूला कार्यक्रममा माला लैजाने गरेको थिए । जिल्ला तथा छिमेकी जिल्लाहरुमा हुने मेला महोत्सवमा समेत माला जाने गरेका थिए । तर यस वर्ष लकडाउनका कारण कुनै पनि औपचारीक कार्यक्रम हुन सकेको कारण माला किन्नका लागि कोही पनि आएका छैनन् । जसको कारण बिक्री समेत हुन नसको रोकाको भनाइ छ । लकडाउनका कारण जिल्ला बाहिर समेत पठाउन नसकिएको उनको भनाइ छ ।
जिल्लामा उत्पादन भएको फूल काठमाडौंसम्म जाने गरेको बताए । काठमाडौंमा फूलको माग धेरै रहेको उनी बताउँछन् । “उत्पादन भएको फूल विक्रीको लागि कुनै पनि समस्या छैन” रोकाले भने । चार्डबार्डको समयमा माग अनुसार फूल पु¥याउन नसकिने बताए ।
अहिले उनले हजारीको फूल वाट तयार गरेको माला ८० रुपैयाँमा बिक्री गर्ने गरेको बताए । सबै समयमा मूल्यमा खासै थपघट नहुने गरेको बताए । उनले अहिले १२ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायीक पूmल खेती गदै आएका छन् । वार्षिक जग्गाको भाडा ४८ हजार तिर्ने गरेको रोकाको भनाइ छ । उनी सहित दैनिक २ जनालाई रोजगारी समेत दिँदै आएका छन् । उनले हालसम्म सरकारी निकायबाट कुनै प्रकारको सहयोग नपाएको बताए । “म कुनै पनि निकायमा सहयोग माग्न पनि गएको छैन त्यसैले पनि होला सरकारी निकायबाट हालसम्म कुनै पनि सहयोग पाएको पनि छैन” रोकाले भने ।
अन्य पेशा गरेर पनि यस खेती गर्ने सकिने रोका बताउँछन् । हजारीसँगै अरु पनि फूलको व्यावसायीक रुपमा अगाडि बढाउने सोच उनको छ । जिल्लामा फूल खेतीको राम्रो सम्भावना रहेको भन्दै खाली बस्नु भन्दा यसतर्फ लाग्न समेत उनको सुझाव छ । जिल्लामा फूले खेती नहुँदा बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको थियो । जसले गर्दा जिल्लाको रकम समेत बाहिरी गरेको थियो । यसले थोरै पनि रकम बाहिर जान रोकिएको व्यवसायीहरु बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्