अब त्रिशूली कञ्चन बग्छ : मन्त्री जमरकटेल «

अब त्रिशूली कञ्चन बग्छ : मन्त्री जमरकटेल

पृथ्वी राजमार्ग र त्रिशूली नदी अतिक्रमण गर्ने र निजी तथा सार्वजानिक स्थल खोतलेर ढुंगा खानी तथा क्रसर उद्योग सञ्चालन गर्ने र बालुवा खानी तथा प्रशोधन केन्द्र कानुनअनुसार मात्र चल्ने छ । नदी बगर उत्खनन् कार्य नियमन गर्ने, बालुवा प्रशोधन गरेको पानी नदीमा मिलाउने कार्य बन्द गरेर त्रिशूली नदी अब उपरान्त कञ्चन बग्ने आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकटेले बताए ।
धादिङ उद्योग वाणिज्य संघको २४औं साधरणसभाको उद्घाटन गर्दै कृषि पेशा हराएकोमा चिन्तित हुँर्दै सबै किसान खेतबारी भाडामा दिने, व्यवसायी उत्खनन् गरी ढुंगा बालुवा बेच्न, खेतबारी भाडामा लगाएर रोजगारी खोज्ने प्रवृति बढेको छ । यस्तो कार्य विकास होइन, विनाश उन्मुख हो । बालुवा प्रशोधन कार्य बन्द गर्दा गुण्डागर्दीको अन्त्य हुने र त्रिशूली नदी कञ्चन बग्ने छ । स्थानीय समुदाय खुशी हुने भएकाले त्रिशूली नदी प्राकृतिक रूपमा बग्ने मन्त्री जमरकटेलले बताए । धुनीवेशीको तोप्लाङदेखि महाभारत हुदै मुग्लिन–नारायणगढ सडक खण्डको गाईघाटसम्म पर्यटक मार्ग बनाउन सर्भे हुँदैछ । यसले धादिङ जिल्लाको दक्षिणी क्षेत्र, मकवानपुर र चितवनको उत्तरी क्षेत्रका स्थानीयले पनि पर्यटकको स्वागत सत्कार गरेर आर्यआजन गर्न सक्छन् । जिल्ला इट्टा उद्योगलाई मानव बस्ती र खेतीयोग्य जमिनबाट हटाई उपयुक्त स्थानमा व्यवस्थापन गरिने मन्त्री जमरकटेलले बताए ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोदनाथ ढुवाडीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल उद्योग वाणिज्य महासंघ ३ नं. प्रदेशका संयोजक दिनेशकुमार श्रेष्ठले आयत प्रतिस्थापनका लागि हुने उत्पादन वृद्धिबाट मात्र समृद्धि हुने बताए । उद्योग घाटामा गए सरकारले घाटा व्यहोर्दैन तर उद्योग नाफामा जाँदा २५ प्रतिशतसम्म आयकर लिन्छ । धादिङ जिल्लाको समृद्धिका लागि नेपाल उद्योग वाणिज्य संघ सहायेग गर्न तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्