Logo

फौंजी किराको आतंकको मारमा किसान

पाँचथर-एक तिर कोभिड १९ को आतंकले बिश्ब समुदाय आक्रान्त बनेको बेला पाँचथरका किसानहरुलाइ अमेरिकी फैजि किराको आतंकले सताएको छ । पाँचथरका अधिकासं कृषकले लगाएको मकै बालीमा फैजिकीराले सताए पछि किसानहरु चिन्तीत बनेका छन् ।
मकै खेतीमा देखिएको प्रकोपका कारण किसानमा निरासा छाएको छ । एका तिर कोरोना भाइरसको कारण भोकमरीको चिन्ता बढ्दो जादा किसानको बालीमा कीराको प्रकोप बढे संगै भोकमरीको चिन्ता थपिएको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरीरहेको छ ।
पछिल्लो समय जिल्लाका सबै क्षेत्रमा फैजि किराको प्रकोप बढेको कृषकहरुले बताएका छन् । जिल्लाको फिदिम नगरपालिका ,मिक्लाजुङ गाँउपालिका, तुम्बेबा गाँउपालिका, कुम्माय र हिलिहाङ गाउँपालिकामा यो प्रकोप देखा परेको छ । मकै पाँचथररका कृषकहरुको प्रमुख बालीहो ।
”लगाएको बाली सबै किराले खायो । बारीमा जादा आशु आउन खोज्छ । प्रबिधिकहरु संग कुरा भएको छ । केहि सुधार हुन्छ कि ?” हिलिहाङ गाउँपालिका ४ सिुसुवा का कृषक हरि प्रसाद सुबेदिले भने । सुबेदी जस्तै रोजगारीका क्रममा झापा बसेर अहिले घर आएका डिल्ली चौलागाइ पनि चिन्तीत छन् । “धेरै पछि गाउँघर आएर खेत ीगर्न थालेको बाली जति सबै किराले लान्छ जस्तो छ । परिश्रम सबै खेर जान्छ कि जस्तो छ । ”चैलागाइले भने ।
प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकैमा देखिएको प्रकोप पाँचथरमा निकै फैलिरहेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए । यसको नियन्त्रणको लागी बिभिन्न बिषादीहरुको प्रयोग गर्ने काम अघी बढाइएको बिष्टले बताए । किराको नियन्त्रणका लागि विषादी छर्कने काम अघि बढाइएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्