‘पावरफुल’ स्कुटरको माग बढ्दो

काठमाडौं । जसरी स्कुटर मार्केट बढिरहेको छ, त्यसरी नै ग्राहकको मागसमेत बढिरहेको छ । युवा पुस्तामाझ स्टकुटर लोकप्रिय भइरहेको छ । यही कारणले कम्पनीहरू ‘मस्कुलर’ स्टाइलवाला स्कुटरमा मात्र होइन, पावरको मामलामा समेत काम गरिरहेका छन् । १००–११० सीसीका इन्जिनलाई बढाएर १२५ र १५० सीसीका स्कुटरसमेत बन्न थालेका छन् । स्कुटरको संसार परिवर्तन भइनै रहेको छ । सोही कारण कम्पनीहरूले स्कुटरमा स्टाइलसँगै पावरलाई समेत प्राथमिकता दिएर आफ्ना उत्पादन बजारमा ल्याइरहेका छन् ।
स्कुटर मार्केट तीव्र रूपमा परिपक्व हुँदैछ । जसरी १०० सीसीवाला मोटरसाइकलपछि पल्सर र सीबीजेडजस्ता मोटरसाइकलहरुले एक नयाँ प्रिमियम सेगमेन्टको सुरूवात गरेका थिए । त्यसैगरी स्कुटर सेगमेन्टमा समेत परिवर्तन आइरहेको छ । आगामी दिनमा केही पावरफुलका साथै निकै स्टाइलिस स्कुटर सार्वजनिक हुने तयारीमा रहेको बताइएको छ । ती स्कुटर पावरफुलमात्रै होइन, लुक्सको मामलामा पनि मोटरसाइकल र स्कुटरबीचको ग्याप भने काम गर्न सक्ने अनुमान गरिएको छ ।
यसका साथै अप्रिलिया कम्पनीले आफ्नो एसआर १२५ सीसीको स्कुटर सार्वजनिक गरेको छ । जसमा निकै पावरफुल इन्जिन लगाइएको छ । त्यस्तै भेस्पाका स्कुटरका इन्जिनहरु पनि पावरपुल नै रहेका छन् । १००–११० सीसी इन्जिन क्षमताका स्कुटर उत्पादक कम्पनीहरुले पनि नयाँ ल्याउने स्कुटरको इन्जिन क्षमता बढाइरहेका छन् ।
केही समयपहिले होन्डाले १२५ सीसीको स्टाइलिस स्कुटर ग्रेजिया सार्वजनिक गरेको थियो । त्यसलगत्तै टिभीएस मोटर्सले पनि १२५ सीसी इन्जिन भएको एनटार्क स्कुटर बजारमा ल्याएको थियो । ती स्कुटरलाई प्रयोगकर्ताले रूचाएका छन् ।