स्थानीयवासीद्वारा सडक निर्माणमा रोक

सिमकोट- उत्तर–दक्षिण राजमार्गको सिमकोट खार्पु खण्डले आफ्नो गाउँलाई सडकले नछोएको भन्दै सिमकोट गाउँपालिका–५ का स्थानीवासीले निर्माण कार्य रोकेका छन् । सिमकोट- उत्तर–दक्षिण राजमार्गको सिमकोट खार्पु खण्डले आफ्नो गाउँलाई सडकले नछोएको भन्दै सिमकोट गाउँपालिका–५ का स्थानीवासीले निर्माण कार्य रोकेका छन् । सो वडाका अध्यक्षसहित स्थानीय अगुवा, अन्य सर्वसाधारण सम्बन्धित सडक निर्माण भइरहेको क्षेत्र ठ्याले चौरमा पुगेर निर्माणकार्य रोकिरहेका छन् ।
वडा नं ५ का स्थानीयवासी गोरा रावत भने जग्गाजमिन हाम्रो गएको यसको फाइदा अन्य शक्तिले लिएको भन्दै निर्माण भइरहेको सडकलाई अगाडि बढ्न नदिने हेतुले घेरबार गरेका छन् । वडा नं ५ का प्रत्येक घरधुरीका एक–एकजना सदस्य निर्माण क्षेत्रमा पुगी ढुङ्गा चिनेर बार बनाएर ब्यानर टाँसी खबरदारीका साथ अगाडि बढ्न नदिने भन्दै विरोध गरेको रावतले बताए । उनले भने, “हामी विकास विरोधी होइनौँ तर उर्वराशक्ति नाश हाम्रो भएको छ यसको फाइदा अन्य तत्वले लिएका कारण विरोध गरेका छौं ।”
सोही गाउँका स्थानीय नेता डबल रावतले भने, “सडक विभागले मनोमानी ढङ्गले सडक निर्माण गरेको छ, हामीहरूको रोजीरोटी खोस्न लागेकाले निर्माणमा विरोध गरेका छौं ।”सडक विभागले सम्बन्धित निकाय र व्यक्तिसँग सहमति र सहकार्य नगरी अन्यत्रसँग समन्वय गरेर काम अगाडि बढाएका कारण वाध्य भएर विरोध गर्नुपरेको स्थानीयवासी कैलाश रोकायाले बताए । रोकायाले सडक निर्माण गर्दा कुनै सहमति र आपासी छलफल गरेन भने हामीले सधैँका लागि निर्माण बन्द गर्छौं र यदि हामीहरूको विरोध हुँदै गर्दा निर्माण कार्य अगाडि बढाएमा यसले उग्र रुप लिने पनि बताए । हिल्सा सिमकोट सडकखण्डका प्रमुख शशांक मिश्रले सडकको डीपीआर भएको निर्माण कार्य पनि धेरै अगाडि बढेको तर यहाँका स्थानीयवासीले अरूले उचालेको भरमा विरोध गरेको बताए ।