Logo

पुर्ण सरसफाईयुक्त बन्दै हिमा गाउँपालिका

हिमाको (वास) योजना तयार

घरमै धारा पुग्दा, विगतमा खोलाको पानी भर्दा गाग्रीमै मान्छे पोलेका कोईला लेउ आएको सम्झीन्छन् स्थानीय महिला

जुम्ला-हिमा गाउँपालिका ४ की पुञ्चा दमाईले खोलाकै पानी पिएर करिब ४ दशक कटाईन् । गाउँमा भएको सार्वजानिक धारा पनि नियमित आउँथेन, खोलाको दुषित पानी पिउनु रहर नभई पुञ्चाको बाध्यता थियो । त्यस्तै, हिमा ४ कै सपना बामले पनि खोलाको दुषित पानी पिएरै ३ दशक कटाईन् । खोलाको दुषित पानी पिएकै कारण उनी लगायत धेरैलाई पत्थरीको समेत समस्या भयो । घरघरमा धारा आउँला खोलाको दुषित पानी पिउने बाध्यताबाट छिटै मुक्ति पाइएला भन्ने साहेत कसैले कल्पनानै गरेका थिएनन् ।
तर तीन वर्षको अवधिमा हिमा गाउँपालिकाका ३ सय ६५ घरधुरीमा धारा र करिब १३ सय ९२ घरमा शौचालय निर्माण भएपछि स्थानीय महिला दंगै छन् । (वाटरएड), किर्डाक नेपाल र हिमा गाउँपालिकाको संयुक्त लगानीमा एकघर एकधारा देखि शौचालय निर्माणको नीति अघि सारिएपछि तीनवर्षमै हिमा गाउँपालिका खानेपानी तथा सरसफाई स्वच्छतामा नमुना पालिका बनेको छ । माथिकुडुमा ७८ धारा,जोगिबाडामा ८२ धारा,बुअ गाउँमा १ सय २७ धारा,खलढुंगामा ७८ गरी जम्मा ३ सय ६५ घरधुरीमा धारा जोडिएको छ ।
अहिले घरमै धारा पुग्दा निकै सुविस्ता भएको छ । स्थानीय महिला कौशीला नेपाली भन्छीन्, एक गाग्री पानी ल्याउन घण्टौ पैदल हिड्नुपर्ने, घाँस दाउँरा जाँदा कतिबेला घरमा गएर पानी ल्याउने हो भन्ने चिन्ता, खोलामा पानी ल्याउन जाँदा अबस्थामा (मान्छे पोलेका कोईला,किरा,लेउ गाग्रीमै) आउथे तीन दिन झलजल्ती सम्झीरहेको उल्लेख गरिन् ।
त्यस्तै पुञ्चा दमाई भन्छन, नत छुइ भन्न पाइथ्यो, नत गर्भवती न सुत्केरी एक गाग्री पानीकै लागी ज्यानलाईनै जोखिम हाल्नुपर्ने कष्ट हट्यो, हिमा गाउँपालिका, किर्डाक,वाटरएड हाम्रो लागि भगवान भएको भन्दै खुसीका आँसु झारिन् । अहिले महिलाको कार्यबोझ घटेको छ,सरसफाईमा नमुना गाउँ भएका छन् । एक गाग्री पानीका लागि गरेको कष्ट सम्झीदा घरमै धारा आउनु हाम्रो लागि भाग्यको कुरा हो भन्दै हिमाका ग्रामिण महिलाले खुसी ब्यक्त गरेका छन् । कति मान्छेलाई त पत्थरीयाले समेत सास्ती दिएको थियो ।
पुर्ण सरसफाईयुक्त पालिका बन्दै
हिमा गाउँपालिकामा हालको तथ्यांक अनुसार करिब १७ सय ८३ घरधुरी रहेको छ । जसमा तीन वर्षको अवधिमा हिमाका ३ सय ६५ घरमा धारा, तथा भाडा सुकाउने चाङ, तथा १३ सय ९२ घरमा शौचालय निर्माण भएको तथ्यांक छ । भने, १५ सय ३२ घरधुरीले नियमित घरवरिपोरिको वाताबरणलाई सफा गर्ने गरिरहेका छन् ।
साथै, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी करिब १३ सय १७ जनाले ज्ञान पाएका छन्, ४ वटा नमुना सार्वजानिक शौचालय निर्माण भएका छन् । भने, घरघरमा धारा पुग्दा हिमामा करिब २४ सय ४३ जना प्रत्यक्ष रुपमा स्वच्छ खानेपानीको पहुँचमा पुगेको तथ्यांक छ । यी सबै तथ्यांकलाई हेर्दा हिमा गाउँपालिका पुर्ण सरसफाईयुक्त पालिका घोषणा उन्मुख अबस्थामा पुगेको देखिन्छ ।
२०७२ साल फागुन २० गते खुल्ला दिशामुक्त घोषणा भईसकेको जुम्लामा पुर्ण सरसफाईका गतिविधि शुन्य भएको अबस्थामा हिमाले आफ्नो अघि बढाएको छ । साथै २०७३ साल असोज १३ गते नेपाल खुल्ला दिशामुक्त घोषणा भईसकेको छ । भने, २०३० सम्म नेपाललाई पुर्ण सरसफाईयुक्त नेपाल घोषणा गर्ने सरकारको लक्ष्य छ ।
सोहि अनुसार हिमा गाउँपालिकाले खानेपानी सरसफाई तथा स्वच्छतालाई प्रथामिकता दिदै काम गर्दै आएको छ । हिमा गाउँपालिका र वाटरएडको आर्थिक सहयोग तथा किर्डाकको प्राविधिक सहयोगमा कर्णालीमै पहिलो खानेपानी सरसफाई तथा स्वचछतामा नमुना काम जुम्लामा भएको छ ।
हिमाको वास योजना तयार
पुर्ण सरसफाईयुक्त पालिका घोषणाका लागि हिमा गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वचछता(वाश) योजना तयार गरिएको छ । धारा, शौचालय नपुगेका घरमा कहिले धारा,शौचालय पुराउने भन्ने विषयमा योजनाले स्पष्ट पारेको छ । अझै पनि हिमा करिब १२ सय बढी घरधुरीमा खानेपानी पुगेको छैन् । भने, हिमाका १ देखि ८ सम्मका वडागरी ३ बढी घरमा अझै शौचालय बन्न सकेको छैन् । २०३० सम्म पुर्णसरसफाई युक्त नेपालको लक्ष्य पुरा गर्ने सरकारको लक्ष्यलाई पुरा गर्न हिमाको (वास) योजना तयार भएको छ । आठै वडाध्यक्षहरुले बैशाख अन्तिम साता सम्म सबै वडामा शतप्रतिशत शौचालय निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।
किर्डाक वाटरएडको पहलमा हिमा गाउँपालिकाको (वास) योजनाले संविधानको धारा (३५) स्वास्थ्य सम्बन्धी हकमा नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ । भने दिगो विकास लक्ष्य २०२० मा खानेपानी सरसफाई प्रथामिकता छ ।
नागरिकका आधारभुत स्वास्थ्य अधिकारलाई प्रत्याुभति गर्न (वास योजना कोसेशुंगा सावित हुने किर्डाक नेपालका वास विज्ञ सुर्य बहादुर थापाले बताए । यता हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहिले आफ्नै कार्यकालमा हिमालाई पुर्ण सरसफाई युक्त घोषणा गरेरै छाड्ने प्रतिबद्धता गरे । सबै घरधुरीमा शौचालय देखि खानेपानी धारा निर्माण गर्ने उल्लेख गरे ।
किर्डाक र वाटरएडले हिमा सरकारलाई खानेपानी तथा सरसफाईका क्षेत्रमा दिएको योगदान अतुलनिय रहेको भन्दै सहकार्यको अपेक्षा ब्यक्त गरे । शुक्रबार २०१७ देखि हिमामा संचालन भएको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी काम गरेको (शुवास) परियोजना हस्तान्तरण गरिएको छ । तीन वर्षको अवधिमा करिब ३ करोड बराबरको काम गरेको छ । किर्डाक र वाटरएडले खानेपानी सरसफाईका क्षेत्रमा गरेको कामको स्थानीय सरकार देखि स्थानीयले खुलेरै प्रशंसा गरेका थिए ।
हिमाका बाँकी गाउँ (ऋषिदेउ, आचार्यवाडा, बड्की, देवारगाउँ कोइरेली गाउँमा गरी करिब ३ सय ७० घरधुरीमा पानी पुराउने लक्ष्य छ । प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले भने, चालु आवमा खानेपानी क्षेत्रको लागि एक करोड बढी बजेट विनियोजन भएको छ । खानेपानी क्षेत्रलाई प्रथामिकता दिएरै काम गर्ने उनको दाबी छ ।
गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७४-७५ मा रु ७० लाख र आर्थिक वर्ष २०७५-७६ मा रु ८८ लाख बजेट विनियोजन भएको छ भने ४ सय ४६ घरधुरी लाभान्वित हुने गरी वाटरएड, किर्डाक नेपालले एक करोड ७८ लाख ३६ हजार ३ सय ३१ बजेट विनियोजन गरी खानेपानीका योजना सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्