पहिलो ‘स्कुटर डे’मा सबै ब्रान्डका स्कुटरलाई ‘फ्रि वास’ «

पहिलो ‘स्कुटर डे’मा सबै ब्रान्डका स्कुटरलाई ‘फ्रि वास’

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुराएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रूपमा मनाएको हो ।
पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो । जसमा विभिन्न ब्रान्डका स्कुटर चढ्ने राइडरले व्यापक सहभागिता जनाएका थिए । “पहिलो स्कुटर डेलाई स्मरणीय बनाउन हामीले स्कुटर राइडरहरूलाई निःशुल्क स्कुटर वासको अफर दिएका थियौं । राइडहरूबाट हामीले निकै राम्रो प्रतिक्रिया पायौं,” एमएडब्लूका सर्भिस हेड शरद मिश्रले भने, “नेपालभरका यामाहा सर्भिस सेन्टरबाट विस्तृत विवरण आइनसके पनि हजारौंको संख्यामा राइडरहरू आफ्नो स्कुटर धुलाउन आएको जानकारी पाएका छौं ।” बुधबार यामाहाका सर्भिस सेन्टरहरूमा अन्य ब्रान्डका स्कुटरहरूको पनि भीड लागेको थियो ।
ट्राफिकलाई दुइटा स्कुटर
यसैबीच, ‘स्कुटर डे’कै अवसरमा एमएडब्लूले ट्राफिक प्रहरीलाई दुइटा साइरनजडित यामाहा स्कुटर हस्तान्तरण गरेको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विष्णु अग्रवालले ट्राफिक एसएसपी उमेश रञ्जितकारलाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा एसएसपी रञ्जितकारले यामाहाको प्रयासलाई धन्यवाद दिँदै अटोमाबाइल कम्पनीहरूले अन्य फिचरका साथसाथै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । एमएडब्लूका प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा सामाजिक उत्तरदायित्वप्रति सदा प्रतिबद्ध रहेको बताए । “हामीले विगत केही वर्षदेखि युवालाई लक्षित गरी यामाहा सेफ राइडिङ साइन्स (वाईएसआरएस) नामको सडक सुरक्षा सचेतना कार्यक्रम चलाइरहेका छौं । यामाहाबाट तालिमप्राप्त हाम्रा प्रशिक्षकहरूले काठमाडौं र बाहिरका कलेज तथा अन्य संघ–संस्थामा गएर सुरक्षित यात्राबारे तालिम दिइरहेका छन्,” उनले भने । वाईएसआरएसबाट हालसम्म पाँच हजारभन्दा बढी युवा लाभान्वित भइसकेको पनि उनले जानकारी दिए ।
यामाहाले बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर यामाहा स्कुटर हस्तान्तरण गर्ने कार्यक्रमसमेत छ ।

 

प्रतिक्रिया दिनुहोस्