सेयर बजार २८ अंकले घट्यो «

सेयर बजार २८ अंकले घट्यो

यस साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार १८ हजार ७५ कारोबारबाट एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार १८ हजार ७५ कारोबारबाट एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.०४ प्रतिशत बढी हो । गत साता १ सय ७६ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार १८६०४ कारोबारबाट एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २८.७४ अंकले घटेर अन्तिम दिन १३४५.९९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.२० अंकले घटेर २८५.३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (२२ करोड ६२ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (आठ लाख १२ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८२६ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्