आईएमईका उत्कृष्ट १५ व्यावसायिक साझेदार बाकु भ्रमणमा

आईएमई लिमिटेडले आफ्ना १५ व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । आईएमईका व्यावसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पूरा गर्ने १५ व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए ।
यसमा ‘आईएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पु¥याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ । आईएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच आईएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई बिदाइ गरेका थिए ।
बिदाइ कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै महाप्रवन्धकद्वयले आईएमईको व्यावसायिक यात्रामा आईएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।