बागलुङमा सुन्तला उत्सव «

बागलुङमा सुन्तला उत्सव

गलकोट– बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव सुरु भएको छ । सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि सिगानामा सुन्तला उत्सव गरिँदै आएको छ । बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुनेमध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि उत्सव आयोजना गर्दै आइएको छ । उत्सवले सुन्तलाको व्यापार तथा प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरिएको छ
यही पुस ९ गतेसम्म सञ्चालन हुने सुन्तला उत्सवमा सुन्तलाको नमूना प्रर्दशनी, नगरस्तरीय कृषि सम्मेलन, सुन्तला खाने प्रतियोगिता, सुन्तला बगैँचाको अवलोकन तथा अन्य कृषिउपजको प्रदर्शनी तथा स्थानीय सांस्कृतिक महत्व झल्काउने विभिन्न झाँकीको प्रदर्शनी गर्ने आयोजकले उत्सव मूल आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काले बताए ।
सुन्तला उत्पादन हुने राम्रो क्षेत्रका रुपमा घोषणा भई हाल प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाअन्तर्गतको सुन्तला क्षेत्र म्याग्दीले समेत सिगानालाई ‘सुन्तला जोन’ भित्र समावेश गरेको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले बताए ।
सिगानालाई कृषिबाटै समृद्धि गर्ने योजनाका साथ १८०० मिटर माथि चिया तथा १८०० मिटर तल सुन्तलाखेती विस्तारका लागि बिरुवा रोप्ने अभियानलाई समेत तीव्रता दिइएको अध्यक्ष जिसीले बताउनुभयो । सिगानामा वार्षिक दुई करोड बढीको सुन्तलाको कारोवार हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्