Logo

सबै अभिभावकको रोजाइमा डिएभि कलेज

काठमाडौं– विगत लामो समयदेखि निजी शैक्षिक संस्थाको माध्यमबाट संस्कारसहितको उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको डिएभि स्कुलले निरन्तर रूपमा गुणस्तरीय शिक्षा दिँदै आएको छ । नेपालको निजी विद्यालयमध्ये उत्कृष्ट सबैभन्दा धेरै विद्यार्थीले रूचाएको राम्रो विद्यालयमध्ये डिएभि स्कुल पनि एक हो । जसले हजारौं विद्यार्थीलाई आधुनिक शिक्षासहित संस्कार पनि सिकाइरहेको छ ।

नर्सरीदेखि मास्टर डिग्रीसम्म अध्ययन अध्यापन गराउने डिएभि स्कुलले सबै किसिमको सुविधासहित विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने कुरामा कहिले पनि सम्झौता नगरेको स्कुलले जनाएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा र विश्वव्यापी प्रतिस्पर्धात्मकता प्रदान गर्न समर्पित एक प्रतिष्ठित डिएभी कलेज सबै अभिभावक रोजाइमा रहेको छ । डिएभि कलेजमा प्लस टुमा सञ्चालन भइरहेका कार्यक्रम शैक्षिक उत्कृष्टताको केन्द्र रहेको कलेजले जनाएको छ ।

समकालीन विश्वव्यापी बजारका लागि उच्च दक्ष मानव संशाधन उत्पादन गर्न प्रतिबद्ध समर्पित शिक्षकको टोलीद्वारा सञ्चालित या कलेज गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । शिक्षाले प्रमाणपत्रको सीमाभन्दा धेरै टाढा फैलिएर सामाजिक, आर्थिक, भावनात्मक र नैतिक वृद्धिलाई समेटनु पर्छ भन्ने कलेजको मान्यता रहेको छ ।

कलेजको लक्ष्य भनेको एक व्यापक शिक्षा प्रदान गर्नु हो जसले विद्यार्थीलाई उनीहरूको क्यारियरमा सामना गर्ने धेरै चुनौतीको सामना गर्न तयार गर्दछ । डिएभि कलेज पश्चिमी प्रविधि र पूर्वीय आदर्शको अनुपम मिश्रण हो, जसले नैतिक र सामाजिक मूल्यमान्यतामा समान जोड दिएको छ । कलेजले एसईईलाई लक्षित गरेर विज्ञान, व्यवस्थापन र मानविकी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्