Logo

‘बलियो नेपाल’ मा थपिँदै निजी क्षेत्र

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत हप्ता औपचारिक शुभारम्भ गरिएको ‘बलियो नेपाल’लाई कुपोषण विरुद्धको साझा लडाइँमा निजी क्षेत्रको वृहत् अभियानका रूपमा अघि बढाइने भएको छ । बलियो नेपालमा मुलुकका अन्य कर्पोरेट हाउसहरू पनि सहभागी हुने क्रम बढ्दो छ । जसबाट कुपोषणविरुद्धको अभियानमा निजी क्षेत्रको सत्प्रयास सार्थक रूपमा अघि बढ्ने देखिएको छ ।
अविनाश फाम्र्स प्रालि, भुरामल लुनकरणदास कग्लोमेरेट (बीएलसी), हिमालयन बैंक, केएल दुगड ग्रुप, मेगा बैंक, नबिल बैंक, निम्बस होल्डिङ्स , क्यूएफएक्स (टिम क्वेस्ट), श्रीनगर एग्रोफार्म प्रालि, ठमेल रेमिट, त्रिवेणी ग्रुपलगायतले बलियो नेपालसँग हरेकले बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भोक विरुद्धको अभियानमा समर्थन गर्ने कटिबद्धता व्यक्त गर्दै राष्ट्र सम्पन्न बनाउन यो पहलकदमीले सहयोग गर्ने भएकोले यसमा सहभागी हुन आफूहरूको रुची रहेको समेत ति कम्प्नीहरूको भनाइ छ ।
बुधबार व्यवसायीहरूको पहिलो समूहले यस अभियानमा आफ्नो संलग्नता जनाउँदै देशमा व्याप्त कुपोषणलाई न्यून गर्ने बलियो नेपालको प्रयासमा उनीहरूको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्र गरेका छन् । यो यस प्रकारको पहिलो कार्यक्रम भएको र जहाँ खाद्य सम्बद्ध र खाद्यसँग असम्बन्धित कम्पनीहरू दुवैले अभियानप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
बलियो नेपालका अध्यक्ष डा. स्वर्णिम वाग्लेले कुपोषण विरुद्धको लडाईंमा उल्लेखित कम्पनीहरूसँगको समझदारी महत्वपूर्ण पाइला भएकोमा जोड दिए । “कुपोषणविरुद्ध पाइला चाल्नेमा नेपाल अग्रणी राष्ट्र बन्नपुगेको छ, जहाँ निजी क्षेत्रले समेत यस दिशामा अग्रसर देखाएर सरकारले लिएको कुपोषण विरुद्धको लडाईंको जारी पहलकदमीमा हातेमालो गरेका छन्,” डा. वाग्लेले भने, “बलियो नेपाल सकारात्मक यस अर्थमा छ कि यस किसिमको साझेदारीले नयाँ क्षितिजको सुरुवात् हुनेछ जहाँ निजी क्षेत्रले यो अभियानप्रति सच्चा समर्थकर्ताको भूमिका निर्वाह गर्न सक्छन् ।” बीएलसी र केएल दुगड ग्रुपले संयुक्त रूपमा बलियो नेपालसँग मिलेर ६ महिनादेखि २४ महिनासम्मका शिशुकालागि लिटो सुरुवात् गर्ने जनाइएको छ ।
यस्तै, अविनाश फाम्र्स र श्रीनगर एग्रो फार्मले आफ्नै कम्पनीका अण्डा नेपालभर उपलब्ध गराउनेछन् । अन्य व्यवसायीहरूले कार्यक्रमलाई प्रत्यक्ष रूपमा सहयोग गर्र्नेे प्रतिबद्धता व्यक्त गरेका छन् । “हामी नेपाली व्यवसायीहरूको भोकको चाहनाद्वारा आल्हादित भएका छौं, जसले अर्को पुस्तालाई सम्भव भएसम्मको उत्कृष्ट भविष्य दिनलाई हाम्रो सपना साझा गरेका छन्,” नबिल बैंकका सीईओ तथा बलियो नेपाल सञ्चालक अनिल शाहले भने, “हाम्रो भविष्य कस्तो हुने थियो होला यदि प्रत्येक बच्चा सगरमाथाजत्तिकै बलियो भइदिएको भए ?” यो अभियान कुपोषणसँगमात्र सम्बन्धित नभएको भन्दै उनले यो नेपालको एक सामूहिक सपनाहरूको चिन्तन भएको पनि बताए ।
बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनमा पौष्टिकताको लागि निजी क्षेत्रसँगको साझेदारी विकासका उपनिर्देशक कमेल चिडा पनि उक्त समारोहमा उपस्थित थिइन् । समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, “बलियो नेपालको लक्ष्य एक त्यस्तो भविष्य हो जहाँ हरेक नेपाली बालबालिका उनीहरूको पूर्ण सम्भाव्यताका साथ बढ्न सक्नेछन् र यो एउटा ठूलो चुनौतीसँगै बहत् अवसर पनि हो ।”
नेपालमा ५ वर्ष मुनिका ३६५ बालबालिका दीर्घ कुपोषणको शिकार छन् । सन् २०३० सम्म यसलाई १५५ मा झार्ने लक्ष्य छ । तर, परम्परागत पोषण कार्यक्रमबाट मात्र सम्भव छैन । दिगो विकास लक्ष्य प्राप्तिलाई वार्षिक औसत २० खर्ब लाग्नेछ र जसमध्ये सरकारले ५७ प्रतिशत र निजी क्षेत्रले ३७ प्रतिशत लगानी गर्नुपर्नेछ । प्रेरणादायी जनचेतना मार्फत स्वस्थ आहारको माग बढाउने र खाद्य उत्पादनको पोषण गुणस्तर बढाउन निजी र सामुदायिक संस्थासँग एकैपटक काम गर्ने अध्यक्ष वाग्लेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्