Logo

नेपालमा लगानी अभिवृद्धि सम्बन्धमा छलफल

भारत भ्रमणको अवसरमा नयाँदिल्लीस्थित पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले द्विपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सीमावर्ती क्षेत्रका चेम्बरहरूबीच सहकार्य गराउनुपर्ने, व्यापार मेला-प्रदर्शनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे । साथै दुई मुलुकबीच प्राविधिक सीप एर्व दक्षताको आदान–प्रदान हुनुपर्नेमा जोड दिँदै यसबाट लगानी अभिवृद्धि भई ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना साकार हुने विश्वास व्यक्त गरे । साथै पर्यटन प्रवद्र्धनको सन्दर्भमा ‘नेपाल भ्रमण वर्ष २०२०’ मा भारतबाट उल्लेख्य पर्यटक आउने अपेक्षा रहेको, कृषि क्षेत्र हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरू रहेको बताए ।
नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्वराजदूत तथा इन्डिया नेपाल सेन्टर, पीएचडीका अध्यक्ष केभी राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक क्रियाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पु¥याउने बताए ।
उक्त अवसरमा पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिजका अध्यक्ष डा. डिके अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि सांस्कृतिक, आर्थिक एवं व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टरमार्फत र द्विपक्षीय रूपमा समेत तैयार रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले दुबै देशबीच आर्थिक एवं व्यापारिक सम्बन्ध लगानी अभिवृद्धि एवं पर्यटन प्रबद्र्धनमा आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए ।
सो अवसरमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेल अर्याल, नेपाली व्यावासायिक प्रतिनिधिमण्डलका सदस्यहरू उद्यमी, व्यवसायी, रिभर्सबायर सेलर मिटका सहभागी प्रतिनिधिहरूको समेत उपस्थिती थियो ।

 

प्रतिक्रिया दिनुहोस्