टर्कीबाट बिनातलब फर्किएकालाई १ करोड क्षतिपूर्ति «

टर्कीबाट बिनातलब फर्किएकालाई १ करोड क्षतिपूर्ति

करार अवधिमा नैसेवासुुविधा नपाएर नेपाल फर्काएका १७० युवाले उजुरी गरेपछि टर्कीको रोजगारदाताले १ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ ।नेपालबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई करार अवधिमै बिनासेवासुविधा स्वदेश फर्काएपछि नेपाल सरकारको लामो कुटनीतिक प्रयासपछि टर्कीको रोजगारदाताले सो क्षतिपूर्ति दिएको हो । नेपाल सरकारले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्पmत सम्बन्धित देशसँग लगातारको सम्पर्कपछि बिनातलब फर्किएका नेपाली युवाको लगभग ९८ लाख रुपैयाँ पारिश्रमिक फिर्ता गरिएको छ ।
टर्कीस्थित आईजीए कम्पनीबाट १७० युवाले पाउनुपर्ने ९८ लाख रुपैयाँ क्षतिपूूर्ति दिलाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । यी युवा सन् २०१९ को सुरुसम्म पटकपटक गरेरतीनवटा मेनपावरबाट रोजगारीका लागि टर्कीको आईजीए कम्पनी गएका थिए । रोजगारीमा लागेको केही समयपछि नै कम्पनीले आपूm टाट पल्टिएको जनाउँदै १७० नेपालीलाई बिनातलब स्वदेश फर्काएको थियो । महानिर्देशक भुसालले युवा पठाउने नेपाली मेनपावर कम्पनीकोभन्दा पनि टर्कीको रोजगारदातामा नै गल्ती देखिएको बताए । पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले पाकिस्तानमा रहेको नेपाली दुतावास मार्पmत पटक पटक टर्की सरकारलाई अनुरोध गरेको थियो । टर्की सरकारले नेपाली श्रमिकमाथि भएको श्रम शोषणका सम्बन्धमा कम्पनीसँग सहकार्य गरेर नेपाली युवाले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराएको हो ।
“टर्कीस्थित आईए कम्पनीमा गई पूरा अवधि काम गर्न नपाई फर्किएका कामदारहरूले क्षतिपूूर्तिका लागि विभागमा उजुरी गरेका थियो,” महानिर्देशक भुसालले भने “विभाग र पाकिस्तानस्थित नेपाली राजदूतावासको पहलमा लामो समयपछि क्षतिपूर्ति रकम प्राप्त भएको र सो वितरण गर्ने तयारी भइरहेको छ ।” यसका लागि प्रमाणसहित क्षतिपूर्ति रकम दावी गर्न विभागले पीडितलाई अनुरोध समेत गरेको छ ।विभागले क्षतिपूर्ति रकम दावी गर्न सम्बन्धित १७० जना युवालाई सक्कल राहदानीसहित उपस्थित हुन सूूचित समेत गरेको छ ।सबै पीडित नेपालीले औषत ६० हजारको हाराहारीमा क्षतिपूर्ति पाउने देखिएपनि ७९ हजार पाउने युवा समेत रहेका छन । क्षतिपूर्तिका लागि विभागले असोज ७ गतेदेखि १२ गतेसम्म सम्पर्क राख्न समेत अनुरोध गरेको छ । विभागले पीडित युवा नभएको अवस्थामा समेत सम्बन्धित व्यक्तिकोकागजाताका आधारमा नजिकको हकवालाले पाउने जनाएको छ ।
कतारमा २ हजारबढीश्रमिक महिनौं तबलविहीन
सन् २०२२ मा हुने विश्वकपको आयोजक राष्ट्र कतारले विश्वभरका पाउनलाई स्वागत गर्न धमाधम निर्माण गरिरहेका स्टेडियममा काम गर्ने नेपाललगायत अन्य देशका २ हजार भन्दा बढी श्रमिकले तलब पाएका छैनन् ।मार्च २०१८ यता एम्नेस्टी इन्टरनेसनलले हमटन इन्टरनेसनल, हमिद विन खालेद विन हमद र युनाइटेड क्लिनिंङका लागि काम गर्ने २ हजार भन्दा बढी व्यक्तिहरूले ती कम्पनीहरूले वित्तीय संकट देखाउँदै महिनौंसम्म तलब नदिएपछि न्यायका लागि गरेको संघर्षलाई पछ्याउँदै आएको छ । यसक्रममा कम्पनी बन्द गरी उनीहरूसँगको करार पनि तोडिएको छ । ती कम्पनीहरू विभिन्न निर्माण परियोजना र सफाई कार्यमा संलग्न थिए ।यीमध्ये कम्तीमा पनि १ हजार ६२० जना श्रमिकहरूले श्रम विवाद समाधानका लागि उजुरी दर्ता गरेका छन् । कतारमा करिव २० लाख आप्रवासी श्रमिकहरू छन् ।

 

प्रतिक्रिया दिनुहोस्